बिहीबार, वैशाख ६, २०८१

कन्‍नड फिल्मका नेपाली सुपरस्टार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-भारतीय सिने र संगीत उद्योगमा संघर्षरत नेपालीको संख्या प्रशस्त छ । दक्षिण भारतीय फिल्मका सुपरस्टार पनि नेपाली मुलका हुन् भन्नेचाहीं धेरैलाई थाहा नहुन सक्छ । 

नामै काफी छ, गोर्खा गणेश । उनी आफूलाई गणेश किसानको नामबाट पनि चिनाउँछन् । 

बलिउडमा संघर्ष गरिरहेका कलाकारहरूमा अग्रपंक्तिमा आउँछिन्, मनिषा कोइराला । डेनी डेन्जोङ्पा र दिपक तिजोरी पनि नेपाली मुलकै कलाकार हुन् । बलिउड संगीतमा उदितनारायण झाको बेग्लै अस्तित्व छ । 

उनीहरूकै जमातमा पर्छन्, गोर्खा गणेश । कन्नड फिल्म उद्योगका चर्चित् र महँगा नायक हुन् उनी । करिअरको एक चरणमा उनले आफूलाई टेलिभिजन प्रस्तोताका रूपमा पनि स्थापित बनाएका थिए । 

उनका पिता बल किसान बझाङमा जन्मेका हुन् । कामको खोजीमा कर्नाटक पुगेका उनको स्थानीय वोक्कालिगा परिवारकी छोरी सुलोचनासँग विवाह भयो । २ जुलाई १९७८ मा गणेश बैंगलोरको नेलामंगलामा जन्मेका हुन् । 

करिअरको शुरूवातमा गणेशले कम संघर्ष गर्नुपरेको थिएन । त्यसक्रममा थुप्रै टेलिसिरियलमा पनि अभिनय गरे । तीमध्येका केही त हालसम्म रिलिज भएका छैनन् । 

उनको डेब्यु भने 'गुट्टु' नामक टेलिफिल्मबाट भएको हो । पहिलो चलचित्रको व्यापार मध्यमस्तरको थियो, दर्शकमाझ खासै प्रभाव जमाउन सकेन । तर, कन्नड फिल्मका निर्माता र निर्देशकहरूले 'गुट्टु'बाटै गणेशको प्रतिभा चिनिसकेका थिए ।
 

कन्नड फिल्म उद्योगका चर्चित् नायक गोर्खा गणेश (गणेश किसान) को पुख्र्यौली थलो बझाङ हो ।



लगत्तै उनले 'कमेडी टाइम : गणेश' नामक टेलिभिजन कार्यक्रम चलाउन थाले । उनको लोकप्रियतालाई उचाइमा पुर्‍याउन उक्त कार्यक्रमले ठूलो मद्दत पुर्‍यायो । बोल्ने र दर्शकको ध्यानाकर्षण गराउने शैलीले उनलाई चाँडै चर्चित् बनायो ।

निर्देशक बी. सुरेशले सन् २००३ मा खलनायकको भूमिकामा ठूलो पर्दामा ल्याए । र, सन् २००६ मा 'चेल्लता'मा भने उनको नायकका रूपमा डेब्यु भयो । 

त्यही वर्ष 'मुन्गरू माले'बाट उनको फिल्मी करिअरमै ठूलो परिवर्तन आयो । उक्त फिल्मले गणेशलाई 'गोल्डेन स्टार'का रूपमा स्थापित गरायो । यस सिनेमाले ७५ करोडको व्यापार गरेर कन्नाड फिल्म उद्योगको इतिहास नै रच्यो । निरन्तर आठ सय ६५ दिनसम्म 'बक्स अफिस' तताएको थियो, उक्त फिल्मले । 

गणेशको 'स्टारडम'ले सोही फिल्मबाट हो, उचाइ चुमेको पनि । 

त्यस विन्दुबाट उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् २००७ मा 'चित्थारा' र 'कृष्णा', सन् २००८ मा 'गलिपाटा', सन् २०१२ मा 'रोमियो', सन् २०१३ मा 'सर्वानी सुर्वामान्य', सन् २०१३ मा 'जुम' र सन् २०१७ मा 'चमक'जस्ता फिल्मबाट उनी सधैं चर्चामा रहे । 

गणेशको कला र प्रतिभाको दर्शकले मात्र नभई समालोचकले समेत प्रशंसा गरेका छन् । 

'गलिपाटा'बाट उनले 'उत्कृष्ट अभिनेताको' अवार्ड हात पारे । दोस्रो पटक 'मालेयली जोथेयली'का लागि ५७औं साउथ फिल्म फेयर अवार्डमा 'बेस्ट एक्टर'को उपाधि पाए । यस्तै, उजाला सुवर्ण फिल्म अवार्डमा 'मोस्ट पपुलर एक्टर'को उपाधि जिते ।

उनका भाइ महेशले पनि सन् २०१६ मा कन्नाड फिल्म 'नमक हराम'मा देखिएका थिए । गणेशले 'रंग सम्पदा' र 'रंग शिक्षण केन्द्र' नामक कला विद्यालयमा अभिनयसम्बन्धि तालिम पनि लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्