मंगलबार, वैशाख ११, २०८१

'कोरोनाको जोखिम पहिलाको भन्दा भयावह छ'

अहिलेको दरमा संक्रमितको संख्या बढ्ने हो भने कुनै दिन दैनिक ११ हजार संक्रमण पुग्ने अवस्था हुनसक्छ। संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएको छ। भारतमा कहालीलाग्दो अवस्था छ। नेपालमा पनि कोरोनाको संम्भावित जोखिमलाई मध्यनजर गर्दै हामीले प्राथमिक रुपमा केही काम अगाडि बढाएका छौं। अहिले नयाँ वर्ष र विसु पर्वको लागि सुदुरपश्चिमका नाका हुँदै भारतबाट आउने मानिसको लर्को छ। उनीहरुलाई आउनको लागि हामीले रोकेका छैनौं। तर मास स्क्रिनिङको हिसाबले एन्टिजेन परीक्षण बढाएका छौं। त्यसैले अहिले संक्रमितको संख्या पनि बढिरहेको छ। 

triton college

सोमबारको मन्त्रिपरिषद् बैठकमा कोरोनाको संभावित जोखिम र अबको तयारीको विषयमा कुरा भएको छ। तथापि निर्णय हुन बाँकी छ। 

सरकारको प्रक्षेपणअुनसार जेठको अन्तिमदेखि र असारसम्म हामी संक्रमणको उच्चतम बिन्दुमा पुग्न सक्छौं। अहिलेको दरमा संक्रमितको संख्या बढ्ने हो भने कुनै दिन दैनिक ११ हजार संक्रमण पुग्ने अवस्था हुनसक्छ। संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 

कोरोनाको भयावह अवस्था आउन नदिन आवश्यक तयारीको सन्दर्भमा २ तरिकाले गर्ने योजना बनाएका छौं। विदेशबाट आउनेलाई परीक्षण गरी व्यवस्थापन गर्ने र अस्पताल व्यवस्थापन गर्ने। विदेशबाट आउनेलाई परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेसनमा वा होल्डिङ सेन्टरमा राख्ने भनेर योजना बनिरहेको छ? होल्डिङ सेन्टरका लागि मन्त्रालयले मुख्य नाकामा कम्तीमा एक हजार जना बस्न सक्ने गरी निर्माण प्रक्रिया र त्यसको लागि कुरा अगाडि बढेको छ। 

कुनै दिन दैनिक ११ हजार संक्रमण पुग्ने अवस्था हुनसक्छ। संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 

corrent noodles
Metro Mart

अस्पताललाई तयारी अवस्थामा राख्ने योजना बनाइएको छ। काठमाडौं उपत्यकाको हकमा सबै अस्पताललाई तयारी अवस्थामा रहन भनेका छौं। विगतमा सामग्रीको अभावको समयमा धेरै काम गर्न नसकेर बदनाम पनि भयो। तर हामीले यसपटक पूर्वतयारी थालिसकेका छौं। स्वास्थ्य सामग्रीको रेकर्ड लिने, लगायत अन्य काम गरिरहेका छौं। अहिले स्थिति भयावह देखिन्छ। जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर हरेक गतिविधि अगाडि बढाउने तयारी भएको छ। 

देशलाई लकडाउनको अवस्थामा पुग्न नदिने प्रयासमा हालसम्म सरकारको तयारी छ। किनकि एक वर्षको अनुभव, तयारीले गर्दा लकडाउनमा नजाने भन्ने मानसिकता सरकारको छ। सकेसम्म देशलाई बन्दाबन्दीमा पुग्न नदिऔं भनेर मन्त्रालयले प्रयत्न गरेको छ। 

कोरोनाको नयाँ भेरियन्ट (युके भेरियन्ट)को जोखिम युवा र कम उमेर समूहका मानिसमा देखिएकाले सहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव भएको छ। जसले गर्दा १०-१० दिनको तीन वटा चेन ब्रेक गर्न सक्यौं भने पनि त्यसबाट पनि बचाउन सकिन्छ। काठमाडौं उपत्यकाका करिब ८ लाख विद्यार्थी घर बसे भने २० प्रतिशत आवतजावत कम हुन्छ। 

सकेसम्म देशलाई बन्दाबन्दीमा पुग्न नदिऔं भनेर मन्त्रालयले प्रयत्न गरेको छ। 

हाल १८ वर्ष माथिकालाई मात्रै भ्याक्सिन लगाइएकाले १८ वर्षमुनिका बालबालिका बढी जोखिममा छन्। यी उमेर समूहलाई कुनै पनि हालतमा जोगाउनुपर्छ। अहिलेको जोखिम पहिलाको भन्दा फरक छ, भयावह छ। त्यसैले पनि पछिल्लो संक्रमण डरलाग्दो स्थितिमा छ। त्यसैले विद्यालयको विषयमा पनि छिट्टै निर्णय हुनेछ। 

सीमानाका पार गरेर आएका मात्र होइन, ट्राभल हिस्ट्री नभएका मानिसमा संक्रमित हुने दर बढेको छ। कोरोना संक्रमण दर कम भएको समयमा नेपालमा केही भिडभाडजन्य गतिविधि भए। आन्दोलन, प्रदर्शन, लापरबाही भए, सावधानी भएन। अहिले स्थिति भयावह देखिन्छ। 

सवारीसाधनमा जोरबिजोर प्रणाली बनाउनुभन्दा चालक-परिचालकलाई नै सुरक्षाका मापदण्ड अपनाउन जिम्मेवार बनाउने, मास्क नलगाउनेलाई कारबाहीको दायरामा ल्याउने तयारी छ। होटलमा बन्द गर्ने भन्दा पनि सञ्चालकलाई जिम्मेवार बनाउने तयारीमा छौं। स्थानीय तथा प्रदेश सरकारसँग पनि तयारी अवस्थाका लागि सम्पर्क गरिरहेका छौं। हटस्पट बन्ने खतरामा रहेका स्थानमा हामीले विशेष चासो देखाएका छौं। 

खोप छिट्टैं आउँछ
अहिलेसम्म नेपालमा ३१ लाख ४८ हजार डोज खोप ल्याइएको छ। भारतले उपहारस्वरुप दिएको १० लाख डोज, नेपालले भारतसँग खरिद गरेको १० लाख डोज, चीनले अनुदानमा दिएको ८ लाख र कोभ्याक्स सुविधाबाट प्राप्त ३ लाख ४८ हजार डोज खोप ल्याइएको छ। खोप किन्न नेपालले भारतलाई अग्रिम भुक्तानी दिएको १० लाख डोज खोप छिट्टै आउँछ। 

भारतमा संक्रमण बढ्न थालेपछि सबै देशलाई दिने खोप रोकेको छ। अब भारतले खोप निर्यातको लागि खुल्ला गर्नेबित्तिकै नेपाल पहिलो प्राथमिकतामा छ। यो जुनसुकै बेला पनि खुल्न सक्छ।

प्रकाशित: Apr 13, 2021| 12:06 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...