काठमाडौं- कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिए पनि सरकारले तत्काल शिक्षण संस्था बन्द नगर्ने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको दोस्रो लहरका सन्दर्भमा जनस्वास्थ्यका नयाँ मापदण्ड सार्वजनिक गर्ने तर शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कोरोनाको दोस्रो लहरसँगै स्वास्थ्य जोखिम बढेपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्न लागेको ती मन्त्रीले बताए। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने कोरोना अति प्रभावित क्षेत्रमा शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको थियो ।
ती मन्त्रीका अनुसार सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न नयाँ मापदण्डबारे जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने भएको छ।
नयाँ मापदण्डमा सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने विषय पनि समावेश छन्।