बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ई-सेवा र औषधि व्यवसायी संघ कास्कीबीच डिजिटल पार्टनरसिप सम्झौता

ई-सेवा र औषधि व्यवसायी संघ कास्कीबीच डिजिटल पार्टनरसिप सम्झौता

सम्झौताअनुसार संघ अन्तर्गतका कास्कीका औषधि व्यवसायीले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्न सक्नेछन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

पोखरा- भुक्तानी सेवा प्रदायक ई-सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसिप सम्झौता भएको छ।सम्झौतापत्रमा नेपाल औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्त र ई-सेवाका बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका हुन्। 

triton college

सम्झौताअनुसार संघ अन्तर्गतका कास्कीका औषधि व्यवसायीले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्न सक्नेछन्। सम्झौताअनुसार फोनपेले ई-सेवा लगायत आफ्ना अन्य सदस्य मार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ।

यस्तै कास्कीका औषधि व्यवसायी आबद्ध अस्पतालमा ई-सेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्थासमेत मिलाइने बताइएको छ। 

यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता भइसकेको छ। 

ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४२ लाख छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 12, 2021| 08:49 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्