शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले अध्यक्ष ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

एमाले अध्यक्ष ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले हालै गठन गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले हालै गठन गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

triton college

प्रधानमन्त्रीसमेत रहेका ओलीले ६ वैशाखका लागि बैठक बोलाएका हुन्। समसायिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठक ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्नेछ।

एमाले केन्द्रीय कमिटीको हालै सम्पन्न दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्दै पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी राख्ने निर्णय गरेको थियो। यो निर्णयलाई एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले भने अवैधानिक भन्दै आएको छ।

उक्त समूह सहभागी नभएको बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो। 

आयोजक कमिटीमा राखिएका माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाल पार्टीबाट निलम्बन भइसकेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 12, 2021| 08:27 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।