मंगलबार, वैशाख ११, २०८१

पेट्रोलियम पदार्थको अर्डर र भुक्तानी अब अनलाइनबाटै

पेट्रोल पम्प सञ्चालकहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाउँदा अनलाइनबाटै अर्डर गर्न सक्ने भएका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– पेट्रोल पम्प सञ्चालकहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाउँदा अनलाइनबाटै अर्डर गर्न सक्ने भएका छन्। निगमले अनलाइनबाटै पेट्रोल तथा डिजेलको अर्डर गर्न सक्ने व्यवस्था गरेको हो । 

triton college

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अनलाइनबाटै अर्डर गर्न सकिने र भुक्तानीको व्यवस्था समेत अनलाइनको माध्यमबाटै गर्न सकिने वयवस्था गरिएको जानकारी दिए। ‘हामीले अनलाइनबाटै अर्डर र भुक्तानी गर्न सकिने एप्लिकेसन बनाइसकेका छौं,’ पौडेलले भने, ‘आगामी वैशाख ५ गते उद्घाटनको तयारी छ।’

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेपछि डिजिटल रुपमा पेट्रोलियम पदार्थको अर्डर गर्न सकिने र डिजिटल रुपमै भुक्तानीको व्यवस्था कार्यान्वयनमा आउने छ। तर, यस विषयमा पेट्रोल पम्प सञ्चालकहरुले असहमति जनाएका छन्। 

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले निगमले डिजिटल रुपमा अर्डर भुक्तानीका लागि आफूहरुलाई जानकारी नगराईकनै कार्यान्वयनमा ल्याउन हतार गरिरहेको बताए। ‘डिजिटल अर्डर र भुक्तानीको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो त माग नै हो,’ प्रधानले नेपाल समयसँग भने, ‘तर, हामीलाई एप्लिकेसन सञ्चालनको बारेमा जानकारी नगराई निगमले हतार गरिरहेको छ।’

निगमले दुई दिन अघिमात्रै यस विषयमा जानकारी गराएको दावी गर्दै प्रधानले एप्लिकेसन प्रयोगको बारेमा जानकारी पाउन कम्तीमा दुई महिना आफूहरुलाई तालिम चाहिने बताए। ‘हिजो हामीलाई जानकारी गराएर पर्सीदेखि कार्यान्वयनमा ल्याउँछौं भनेर हुँदैन,’ प्रधानले भने, ‘कम्तीमा एसोसिएसनलाई सिकाएर, बुझाएर कार्यान्वयनमा ल्याउँदा बाँकी व्यवसायीलाई हामी आफैं सिकाउँछौं।’

corrent noodles
Metro Mart

तर, निगमले दुई महिना अघिदेखि नै व्यवसायीलाई यस विषयमा जानकारी गराइरहेको दावी गरेको छ। निगमका कार्यकारी निर्देशक पौडेलले व्यवसायीसँग पटक पटक छलफल गरिसकेको बताए। ‘व्यवसायीसँग छलफल गरेरै, जानकारी दिएर कार्यान्वयनमा ल्याउन खोजेका हौं,’ पौडेलले भने ।

अनलाइनमार्फत पेट्रोलियम पदार्थको अर्डर गरेमा पारदर्शी हुने, चोरी तथा तस्करी कम हुने विश्वास निगमको छ। घरबाटै अर्डर गर्न सकिने र भुक्तानीसमेत अनलाइनबाटै गरिने भएकाले आर्थिक कारोबार समेत थप पारदर्शी हुने निगमको दावी छ।

अनलाइनबाटै कारोबार हुने भएपछि अनुगमन तथा नियमनका लागि पनि सजिलो हुने जिकिर निगमको छ। आगामी ५ वैशाखमा मन्त्री भट्टले थानकोट डिपोबाट डिजिटल अर्डर तथा भुक्तानी प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: Apr 12, 2021| 08:10 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्