शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्रलाई भित्र्याउँदा बालुवाटारमा चार घण्टा तनाव  

उपेन्द्रलाई भित्र्याउँदा बालुवाटारमा चार घण्टा तनाव  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संघीय समाजावादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सपथ खुवाउन राष्ट्रपति कार्यलयमा शुक्रबार तीन बजेका लागि समय तय भइसकेको थियो । तर, अचानक रक्षामन्त्री नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल दुई बजे बालुवाटार छिरेपछि झण्डै चार घण्टा बालुवाटार तनावपूर्ण रह्यो ।

त्यसबीचमा अनेक अनुमान र आशंका भइरहे । शपथको समय पटक-पटक सारियो । शपथको यकिन समय बालुवाटारले दिन नसक्दा उता शीतल निवाससमेत अलमलमा पर्‍यो । 

दिउँसो २ बजे बालुवाटारमा पसेर पोखरेलले आफ्नो वरियताक्रम तलमाथि भए राजिनामा दिने भन्दै कड्किए। प्रधानमन्त्री केपी ओली शुक्रबार दिउँसोसम्म उपप्रधानमन्त्री बनाउने सोचमा थिएनन् ।  फोरम अध्यक्ष यावले स्वास्थ्यमन्त्रीमा चित्त बुझाइसकेका थिए । प्रचलित मर्यादाक्रमअनुसार यादव मन्त्री पोखरेलभन्दा अगाडि हुन्थे। यही थाहा पाएर पोखरेलले बालुवाटार बसेर रडाको मच्चाएको स्रोतको भनाइ छ । पोखरेलले सरकारमा यादवपछिको मर्यादाक्रम स्वीकारेको भए यो सरकारमा उपप्रधानमन्त्री नै  हुने थिएनन्।

दुई बजे पोखरेल बालुवाटारमा पसेर कड्किन थालेपछि प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाए । त्यसपछि अलगै तीन नेताबीच छलफल भयो। छलफलमा अध्यक्ष प्रचण्डले उपाय निकाले, पोखरेल र यादव दुवैलाई उपप्रधानमन्त्री बनाउने। यति हुँदा पनि वरियताको कुरा बाँकी नै थियो ।  फेरि पनि वरियतामा दोस्रोको दावी दुवैको  होला भन्नेमा नेताहरू एकछिन अल्झिए ।

त्यसपछि उपेन्द्र यादवलाई पनि बालुवाटार बोलाइयोे। यादव बालुवाटार आएर छलफलमा सहभागी भए । मन्त्रीमा चित्त बुझाउन लागेका यादवलाई उपप्रधानमन्त्रीको प्रस्ताव 'सरप्राइज' थियो। उनले 'हुन्छ' भन्ने जवाफ दिँदा झण्डै साँंझको ६ बजिसकेको थियो।
 
एकतासँगै महासचिव पद गुमाएपछि रुष्ट बनेका पोखरेल र ओलीबीच पछिल्लो समय त्यति हार्दिक सम्बन्ध छैन । उनलाई आफ्ना निकटहरूसँग आफूलाई 'माइनस' गर्ने डिजाइन भइरहेको बताउने गरेका छन् । एकीकृत पार्टीको 'कोर' छलफलमा पनि उनको सहभागिता पातलिँदै गएको छ । शुक्रबार बालुवाटारमा पोखरेलले देखाएको व्यवहारबाट ओली समूह झस्किएको छ । 

र्इश्वर र उपेन्द्र दुवै उपप्रधानमन्त्री बनेपछि तेस्रो मर्यादाक्रममा रहेका नेकपाका नेता रामबहादुर थापा बादल असन्तुष्ट बनेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।