शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो। 

triton college

बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल हुने बताइएको छ। कांग्रेसले क्रियाशील सदस्यताको विवरण तोकिएको मितिमा सफ्टवेयरमा इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने तयारी गरेको छ। 

बैठकले एउटा मिति तोक्ने र त्यो मितिमा समेत क्रियाशील विवरण इन्ट्री नगरे महाधिवेशनमा भाग लिन नपाउने निर्णय गर्न सक्ने छ।

बैठकमा भौगोलिक समायोजनका सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले बुझाएको प्रतिवेदनका बारेमा समेत छलफल हुने छ। साथै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि विकसित घटनाक्रम र प्रगतिका बारेमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई जानकारी गराउने छन्।

प्रकाशित: Apr 12, 2021| 03:38 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।