बिहीबार, वैशाख १३, २०८१

महारानी र प्रिन्स फिलिपको नओइलिने प्रेम

एक अजम्बरी साइनो अनि अमर प्रेम। जो निरन्तर सात दशक चलिरह्यो। त्यो पनि विशिष्ट व्यक्तित्वको। ७० वर्षसम्म पर्दापछाडिका हिरो बनिरहे बेलायती राजकुमार फिलिप। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

एक अजम्बरी साइनो अनि अमर प्रेम। जो निरन्तर सात दशक चलिरह्यो। त्यो पनि विशिष्ट व्यक्तित्वको। ७० वर्षसम्म पर्दापछाडिका हिरो बनिरहे बेलायती राजकुमार फिलिप। 

triton college

फिलिप सधैं छाया बनिरहे महाारनी एलिजाबेथको। महारानीलाई अग्रभागमा राखेर उनी सहायकजस्तै बने जिन्दगीभर। फिलिप महारानीका सारथी त थिए र सबैभन्दा नजिकका मान्छे पनि।

‘विश्वभर फिलिप एक मात्रै व्यक्ति हुन् जो महारानीलाई सर्वसाधारणको नजरबाट हेर्छन्, उनी मात्रै यसो गर्न सक्छन्’, फिलिपका निजी सचिवले भनेका छन्।

फिलिप र महारानी एलिजाबेथको पहिलो भेट सन् १९३९ डर्टमाउथ नोवेल कलेजमा भएको थियो। राजकुमारी एलिजाबेथको नजर टेनिस र क्रेक खेलिरहेका १८ वर्षीय लक्का जवानमा अडिएको थियो। उनीहरू पहिले साथी बने। 

उनीहरूले एकअर्कालाई मन पराउन थाले। केही समयपछि प्रेमपत्र आदानप्रदान हुन थाल्यो। विश्वयुद्धका बेला थुप्रै प्रेमपत्र कोरेका थिए। भेटघाट बाक्लिँदै गयो। एलिजाबेथले फिलिपको तस्बिर आफ्नो कोठामा राख्न थालिन्। 

corrent noodles
Metro Mart

फिलिपको जीवन वनमान्छेको जस्तै बित्दै थियो। ग्रिसमा जन्मिएका उनी देश छाड्नुपरेका कारण युरोपका विभिन्न देशमा भौंतारिँदै थिए। उनीसँग आत्मनिर्भर बन्नुबाहेक विकल्प थिएन। कर्ममा विश्वास राख्ने फिलिप भावुक स्वभावका थिए।

राजकुमारी आलिसान महलमा सुखसयलका साथ हुर्केकी थिइन्। कम बोल्न मन पराउने उनी लजालु स्वभावकी थिइन्।

फिलिपका नाति राजकुमार विलियमले भनेका छन्, ‘जसरी हजुरबा फिलिप हामीलाई हँसाउनुहुन्छ, जिन्दगीलाई बुझ्नुहुन्छ। उहाँको त्यस्तो बानी हजुरआमा एलिजाबेथको भन्दा बिल्कुल फरक छ।’ 

सन् १९४७ मा एलिजाबेथको २१ औं जन्मोत्सवका अवसरमा उनीहरुको बिहेको टुंगो लाग्यो। फिलिपले त्यसभन्दा एक वर्ष पहिले नै बिहे गर्ने इच्छा जाहेर गरिसकेका थिए। विवाह घोषणामा प्रयोग गरिएको औंठीको डिजाइन फिलिपले गरेका थिए। उनले त्यो औंठी आमा ऐलिस अफ ग्रिसको गहनाबाट बनाएका थिए। उनीहरूको बिहेका दुई हजार पाहुना सहभागी थिए। त्यो बिहे भव्य समारोहमा सम्पन्न भएको थियो।

दोस्रो विश्वयुद्ध सकिएको दुई वर्षपछि देश माथि उठ्न कोसिस गरिरहेको थियो।  त्यसैले उनीहरुको विवाह उत्सव एक दुर्लभ क्षण थियो। ‘कठिन यात्रा रहेको सडकमा बिहे रंगहरूको चमक हो’, विन्सटन चर्चिलले भनेका थिए। 

एक वर्षपछि राजकुमार चाल्र्स जन्मिए भने पछि छोरी एन। फिलिप नौसेनामा सेवा गरिरहेका बेला उनको कामको खुबै प्रशंसा भएको थियो। उनी एचएमएस नामक युद्धपोतमा संलग्न रहँदा परिवार माल्टामा थियो। 

जिन्दगी राम्रै चलिरहेको थियो। तर, १९५२ पछि अकस्मात् परिवर्तन आयो। कारण राजा जर्ज छैटौंको मृत्यु भएपछि एलिजाबेथ महारानी बन्ने पक्का थियो। पत्नी महारानी बन्दै गर्दा उनी निकै खुसी भए। 

एलिजाबेथ महारानी बन्नु फिलिपका लागि आफ्नो सपनाको अन्त्य गर्नु थियो। युद्धपोत तथा जहाजको कमान्ड सम्हालिरहेका उनी अब पत्नीको सहायक भूमिकामा रहनुपर्ने भयो। त्यस कारण उनी दुःखी पनि थिए।  

फिलिपलाई आफ्नो भूमिका परिवर्तन गर्न केही समय लाग्यो। १९५६ मा चार महिनासम्म राष्ट्रमण्डलका देशको भ्रमणमा जाँदा उनलाई कतिपयले जोइटिंग्रे पनि भने। उनी दरबारियासँग जुधिरहे। तर पतिपत्नीबीचको सुमधुर सम्बन्धका कारण सबै अप्ठ्यारा ओझेलमा परे।

फिलिप महारानीको सहयात्री बनिरहे। महारानीले राज्य प्रमुखको भूमिका निर्वाह गरिन् भने फिलिपले घरमूलीको। बाहिरी संसारका लागि महारानी ‘बोस’ थिइन् परिवारभित्र फिलिप।

राजकुमार  फिलिप  महारानीसँगै हुन्थे। राजकीय यात्रा, संसद्, सभासमारोह र अन्य महत्त्वपूर्ण काममा उनीहरु सँगै देखिन्थे।  महारानीलाई सहज हुन्छ भनी पाहुना र प्रतिनिधिसँग गफिन्थे फिलिप।

महारानीलाई कुकुर पालन र घोडाचढीमा निकै रुचि थियो। फिलिप उम्दा खेलाडीका रुपमा रहे।

सन् २०१२ मा तात्कालीन राजकुमार ह्यारीले महारानी एलिजाबेथको काम हजुरबा फिलिपको सहयोगबिना सम्भव नभएको जिकिर गरेका थिए। तर २०१७ मा फिलिप सार्वजनिक जीवनबाट अलग्गिए।

त्यसपछि उनी कोलाहलबाट टाढा रहन थाले। पढ्न, लेख्न र पेन्टिङमा औधी रुचि जाग्यो उनलाई। महारानी काममा व्यस्त भइरहनुपर्ने भएकाले उनीहरु केही समय टाढिए। तैपनि नियमित सम्पर्कमै थिए।

कोरोना भाइरस महामारीसँगै दुवैलाई सँगै राख्ने निर्णय भएपछि उनीहरु एकसाथ रहन थालेका थिए।  फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको भयो। 

प्रकाशित: Apr 12, 2021| 00:30 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।