शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शेखर कोइराला भन्छन्- पार्टी सभापति बनाउनुस्, कार्यकर्तामाथि अन्याय हुन दिन्नँ 

शेखर कोइराला भन्छन्- पार्टी सभापति बनाउनुस्, कार्यकर्तामाथि अन्याय हुन दिन्नँ 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

पोखरा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्। 

triton college

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले शनिबार पोखरामा गरेको विचार गोष्ठीमा नेता कोइरालाले सभापतिवाहेक अरु पदमा आफूले कुनै हालतमा उम्मेदवारी नदिने खुलासा पनि गरे। 

उनले भने ‘अबको महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ।’ 

मुलुककै पुरानो र जिम्मेवार पार्टी कांग्रेसको सभापतिको जिम्मेवारी पाएमा दलका कार्यकर्ताले अन्याय र दुःख झेल्न नपर्ने भनाइ उनको थियो। 

उनले भने, ‘म कसैमाथि अन्याय हुन दिन्नँ। कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिनेछु। 

corrent noodles
Metro Mart

कोइरालाले प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताए। उनले वर्तमान सरकार निरंकुशता र आधिनायकवादतर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। 

उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्यो।’

कोइरालाले वर्तमान संसद् अनिर्णयको बन्दी बनेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताए। अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए। 

नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे। 

कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पणि गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांग्रेसलाई नभएको उल्लेख गरे। पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए। 

फाउन्डेसन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको सभामा नेता गुरुराज घिमिरेले विश्वराजनीतिमा गिरिजाप्रसादले तीन वटा ठूला क्रान्ति गरेको उल्लेख गरे। 

गिरिजाप्रसादले सहमति, सहकार्य र एकताका माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे। 

नेत्री कमला पन्तले २०४८ देखि २०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताइन्। 

कार्यक्रममा नेता जीवन परियार, नेत्री रत्ना शेरचन, जीपी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्वसभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रियसभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रिय सभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य लगायतले मन्तव्य राखेका थिए।

यसैबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको छ। संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचन सभामा कोइरालाले श्रमिकको समस्यामा कांग्रेस प्रतिवद्ध भएको बताए।

महासचिव  धमलाले श्रमिकको समस्या समाधान नभएसम्म देशमा परिवर्तनमा आभास नहुने बताए। 
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्न सरकार असफल भएको बताउँदै छिटोभन्दा छिटो सुरक्षा कोषमा जोड्न कांग्रेस पार्टीले पहल गरिदिन आग्रह गरे। 
 

प्रकाशित: Apr 10, 2021| 14:52 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।