बिहीबार, वैशाख १३, २०८१

सडकमा भेटिएको २० हजार रुपैयाँ सम्बन्धितलाई फिर्ता

सडकमा भेटिएको करिब २० हजार रुपैया सम्बन्धितलाई बुझाइएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

कैलाली- सडकमा भेटिएको करिब २० हजार रुपैया सम्बन्धितलाई बुझाइएको छ।
धनगढी-खुटिया सडकखण्डअन्तर्गत धनगढी उप महानगरपालिका-५, हसनपुरमा पर्ससहित सडकमा छरिएको अवस्थामा भेटिएको भारतीय ११ हजार १०० रुपैयाँ, १ हजार ७०० नेपाली रुपैयाँका साथै महत्वपूर्ण कागजात सम्बन्धितलाई बुझाइएको हो।

triton college

धनगढी उप महानगरपालिका–६, मटियारीका तारादत्त पनेरुलाई भेटिएको रुपैयाँ र महत्वपूर्ण कागजात सामुदायिक प्रहरी सेवा केन्द्र धनगढीका प्रहरी हवल्दार रामसिंह बडालले हस्तान्तर गरे।
सडकमा छरिएको अवस्था भेटिएको नगद र संगै भेटिएको पर्समा रहेको सवारी चालक लाइसेन्सका आधारमा पहिचानपछि सम्पर्क गरेर पनेरुलाई बुझाइएको प्रहरी हवल्दार बडालले बताए।

स्थानीय सुनितादेवी चौधरीले सडकमा पैसा भेटिएको प्रहरीलाई खबर गरेकी थिइन्। सामुदायिक प्रहरी सेवा केन्द्रअगाडि पसल सञ्चालन गरेकी सुनितादेवी चौधरीले सँधै पसलमा आउने विद्यालय जान लागेका विद्यार्थीले भनेपछि आफूले सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरीलाई खबर गरेकी थिइन्। 

‘विद्यार्थीले खबर गरेपछि एक जना अटो चालकलाई सडकमा छरिएको अवस्थामा रहेको पैसा हेर्न लगाएँ’, चौधरीले भनिन्, ‘खबर पाएपछि सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी आएर रुपैयाँ संकलन गरेका थिए।’ सुनितादेवी चौधरी पत्रकार भिम चौधरीका श्रीमती हुन्। 

तारादत्त पनेरुले बुवाको उपचारको लागि भारतीय रुपैयाँ जोहो गरेको बताए। ‘बुवा बिरामी हुनुहुन्थ्यो। उपचारको लागि भारत लग्ने तयारीमा थिएँ’, पनेरुले भने, ट्राउजर लगाएको थिए पैसा हराएको थाहा नै भएन। अहिले पनि इमान्दार मान्छे रहेछन्’ पनेरुले भने, ‘जसले भेटिएको पैसा प्रहरी कहाँसम्म पुगाए।’

corrent noodles
Metro Mart

प्रकाशित: Apr 10, 2021| 14:02 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।