शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • भारत : मोटरसाइकल चोर्ने गिरोह खोज्न गएका इन्स्पेक्टरको हत्या

भारत : मोटरसाइकल चोर्ने गिरोह खोज्न गएका इन्स्पेक्टरको हत्या

भारतको पश्चिम बंगालको एक गाउँमा मोटरसाइकल चोरीमा सक्रिय गिरोहमाथि छापा मार्न गएका प्रहरी इन्स्पेक्टरको कुटपीटबाट हत्या भएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

एजेन्सी- भारतको पश्चिम बंगालको एक गाउँमा मोटरसाइकल चोरीमा सक्रिय गिरोहमाथि छापा मार्न गएका प्रहरी इन्स्पेक्टरको कुटपीटबाट हत्या भएको छ।

triton college

किशनजंज जिल्लासँग जोडिएको पश्चिम बंगालको गोवालपोखर थाना क्षेत्रको पान्तापाडा गाउँमा शनिबार बिहान भिडले आक्रमण गर्दा किशनगंज टाउन चौकीका प्रमुख अश्विनी कुमारको मृत्यु भएको हो।

कुटाइबाट उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ।
घटनापछि पूर्णिया क्षेत्रबाट आईजी सुरेशप्रसादको टोली त्यहाँ पुगेर शव बरामद गरेको थियो।

सुरेशप्रसादले अश्विनी कुमारको शव पोष्टमार्टमका लागि पठाइएको बताएका छन्। बिहार प्रहरीका अनुसार मारिएका अश्विनी कुमारको टोली मोटरसाइकल चोरलाई पक्राउ गर्न बंगालको पान्तापाडा गाउँमा गएको थियो। जहाँ भिडले प्रहरीमाथि आक्रमण गरेको थियो।

शुक्रबार किशनगंजका एसपी कुमार आशीषले क्राइम बैठकका क्रममा सबै थानाध्यक्षलाई चोरीका घटना बढ्दै गएको भन्दै यसको रोकथामका लागि आदेश दिएका थिए। साथै चोरीमा संलग्न र शंकास्पदहरु सबैलाई पक्राउ गर्न आदेश दिएका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 10, 2021| 12:03 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।