बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको तथ्यांक भन्छ- हरेक दिन ११० आपराधिक घटना, प्रतिदिन ७ बलात्कार

प्रहरीको तथ्यांक भन्छ- हरेक दिन ११० आपराधिक घटना, प्रतिदिन ७ बलात्कार

प्रतिदिन औसतमा ७ वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ। प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महिनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। हत्या, आत्महत्या, जबर्जस्ती करणीलगायतका गम्भीर प्रकृतिका घटना बढेको देखिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका हुन्।

triton college

'चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिएपनि गम्भीर प्रकृतिका घटना बढेको देखिएको छ,' उनले भने, 'कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायतका गम्भीर प्रकृतिका आपराधिक घटनाको सङ्ख्या वृद्धि भएको छ।'

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका २६ हजार ३०६ आपराधिक घटना दर्ता भएका छन्। औसतमा प्रतिदिन झन्डै ११० वटा आपराधिक घटना भएको उनको भनाइ छ। 

चालु आवको पहिलो ८ महिनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा गत वर्षभन्दा २१.१३ प्रतिशतले वृद्धि भएको छ। विगत ८ महिनायता कर्तव्य ज्यानसम्बन्धी ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ। 

सो अवधिमा ४ हजार ४८३ आत्महत्याका घटना भएका छन्। आव २०७६/७७ को सोही अवधिमा आत्महत्याका ३ हजार ५३४ घटना दर्ता भएका थिए। तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६.८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिए।

corrent noodles
Metro Mart

गत आर्थिक वर्षभन्दा १५.६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका १ हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ। तथ्याङ्क विश्लेषण गर्दा प्रतिदिन औसतमा ७ वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ। प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ। जबर्जस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले उल्लेख गरे। 

कूल १ हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११.२१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन्। समग्रमा ८१.५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन्। आव २०७६/७७ को फागुन मसान्तसम्म जबर्जस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ। 

पछिल्लो ८ महिनामा चोरीका कूल १ हजार ५६९ वटा घटना दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा २१.८२ प्रतिशत कम हो। 

यस्तै बैंकिङ कसुरसम्बन्धी अपराधमा यसपाली कम देखिएको छ। गत वर्षको फागुनसम्म बैंकिङ कसुरका २ हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा १ हजार ६८८ मुद्दा आएको छ। 

दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको पहिलो ८ महिनाको तुलनामा यस वर्ष १६.१६ प्रतिशतले आपराधिक घटनामा कमी आएको देखिएको छ।  -नारायण ढुंगाना/रासस

प्रकाशित: Apr 10, 2021| 10:42 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।