शुक्रबार, वैशाख ७, २०८१

प्रदेश-२ का मुख्यमन्त्रीको पद संकटमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारबाट नेपाल कम्युनिस्ट पार्टीले समर्थन लिएलगत्तै सरकार फेरबदल हुने सम्भावना बढेर गएको छ । फोरम नेपाल संघीय सरकारमै सामेल हुनु र प्रदेश २ मा समर्थन फिर्ता लिनेसम्बन्धि निर्णयले लालबाबु राउत नेतृत्वको प्रदेश सरकारको भविष्य अन्याेलमा परेको हाे । 

संघीय समाजवादी फोरमले राजपासँग गठबन्धन गरी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । तर, फोरम नेपाल दुई बुँदे सम्झौता गरेर केन्द्रिय सरकारमा जाने निर्णय गरेपछि राजपा संकटमा परेको छ । फोरम नेपालको यस निर्णयले समान एजेन्डा बनाएर मधेश आन्दोलनमा होमिएका राजपा र फोरमबीच तिक्तता बढाएको छ । आगामी दिनमा फोरमसँगको यात्रालाई निरन्तरता दिने/नदिनेबारे राजपाभित्र समेत विवाद देखिएको छ ।

राजपासँग सल्लाह नै नगरी संघीय सरकारमा सहभागी हुने फोरमको निर्णयले प्रदेश सरकारको गठबन्धनमा असर गर्न सक्ने राजपाका एक प्रभावशाली नेताले बताए । आन्दोलन र चुनावमा समान एजेन्डा बनाएर सँगै अगाडि बढेको सहयात्री दलसँग सल्लाह नगरी केन्द्र सरकारमा सहभागी हुने फोरमको निर्णय आफूहरूलाई स्वीकार्य नरहेको राजपाका महासचिव तथा प्रदेश २ का सांसद मनिष सुमनले बताए ।

'फोरमको एकलौटी निर्णयले हाम्रो विगतको सम्बन्धमा नकारात्मक प्रभाव परेको छ,' नेपाल समयसँग कुराकानी गर्दै सुमनले भने, 'हामी प्रदेश सरकारबाट बाहिरिन पनि सक्छौँ ।' मधेश आन्दोलनको भावना र एजेन्डाविपरित फोरमले सम्झौता गरेर आफूहरूलाई 'बाइकट' गर्ने षडयन्त्र गरेको सुमनले बताए । 'अहिलेसम्मको सहकार्यलाई निरन्तरता दिन हामी बाध्य छैनौँ,' उनले भने, 'फोरमसँगको अहिलेसम्मको संगत टुट्न सक्छ ।'

फोरम अध्यक्ष उपेन्द्र यादवले सत्तामा पुग्ने सिँढीक रूपमा 'फेस सेभिङ'का लागि गरेको दुई बुँदे सहमति कुनै हालतमा पूरा नहुने दाबी गर्दै राजपा महासचिव सुमनले नेकपा र फोरमले षडयन्त्रपूर्ण तरिकाले राजपालाई एक्ल्याउने खेल खेलेको आरोप लगाए । 

राजपालाई अलग राखेर गरिएको निर्णयले प्रादेशिक र संघको गठबन्धनबारे आफूहरू पूनर्विचार गर्न बाध्य भएको उनको भनाइ छ । २५ जेठमा बस्ने राजनीतिक समितिको बैठकबाट प्रदेशमा फोरम र केन्द्रमा नेकपासँगको सहयात्रा सम्बन्धमा निर्णय लिने तयारी रहेको सुमनले जानकारी दिए । 

राजपाकै अर्का महासचिव जितेन्द्र सोनलले भने फोरम केन्द्रिय सरकारमा सहभागी हुँदैमा प्रदेशको गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । प्रदेश २ मा राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका सोनलले भने, 'प्रदेश २ का जनताले फोरम र राजपालाई सरकार चलाउने म्यान्डेट दिएका छन् । त्यहीअनुसार अगाडि बढ्छौँ । बाहिर कसले के बोल्छ त्यसको पछाडि लाग्नु अनुचित हुन्छ ।' 

राजपाकै अर्का महासचिवले गठबन्धन टुट्ने संकेत दिएकोबारे उनले भने, 'उहाँले किन र कसरी यसो भन्नुभयो मलाई थाह छैन । तर, फोरमसँगको हाम्रो सहयात्रा कायम रहनेमा म विश्वस्त छु ।' सरकार परिवर्तन हुन पहिले ढल्नुपर्ने बताउँदै उनले प्रदेश २ मा सरकार परिवर्तनको अवस्था नदेखिएको बताए । 

राजपा पनि केन्द्र सरकारमा सहभागी हुने मनस्थितिमा देखिन्छ । राजपाकै कतिपय नेताले ओली नेतृत्वको सरकाले फोरमसँग एकलौटी सम्झौता गरेर आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । केन्द्र सरकारमा सहभागी हुने इच्छा रहे पनि राजपाले संविधान संशोधनको ग्यारेन्टी र हिरासतमा रहेका आफ्नो पार्टीको सांसद रेशम चौधरीको सपथग्रहणले उसलाई अप्ठ्यारो बनाएको राजपाका एक सांसदले बताए । सरकारले यी दुई विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे आफूहरू पनि सरकारमा सहभागी हुन तयार रहेको उनको भनाइ छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र राजकिशोर यादव सरकारमा सहभागी हुन इच्छुक देखिए पनि संयोजक महन्थ ठाकुरलगायत नेताहरू भने यथास्थितिमा सहभागी नहुने संकेत दिएपछि राजपाभित्र समस्या आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।