शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पाँच करोड ३० लाख राजस्व छलेको आरोपमा व्यवसायी साहविरुद्ध मुद्दा

पाँच करोड ३० लाख राजस्व छलेको आरोपमा व्यवसायी साहविरुद्ध मुद्दा

 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं– राजस्व अनुसन्धान विभागले झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा अभिनास इन्टरनेसनका सञ्चालक प्रविन्द्र साहविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ। 

triton college

स्थायी लेखा नम्बर ६०३५७१६२० भएका साहसँग पाँच करोड २९ लाख ८५ हजार एक सय २९ रुपैयाँ बिगो असुल गरी जरिबाना र कैद माग दाबी गरिएको विभागले जनाएको छ। 

सञ्चालक साह र उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतले मालवसतु स्थानीय खरिद तथा आयात नै नगरी झूटो विवरण देखाएर रकम असुलेको र सरकारी कोषमा दाखिला नगरेको विभागको आरोप छ। 

उनीहरूले मूल्य अभिवृद्धि करबापात एक करोड ८९ लाख ४२ हजार नौ सय ३२, आयकरबापत दुई करोड ९७ लाख १५ हजार आठ सय ३२ र लाभांश करबापत ४३ लाख २६ हजार ३६५ राजस्व चुवाट गरेकाले विभागको विज्ञप्तिमा उल्लेख छ। 
 

प्रकाशित: Apr 08, 2021| 03:28 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।