बिहीबार, वैशाख १३, २०८१

साउनयता १२ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

आर्थिक वर्ष ०७७–०७८ सुरु भएयता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बढायै छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– आर्थिक वर्ष ०७७–०७८ सुरु भएयता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बढायै छ। गएको साउनयता १२ पटक पेट्रोलियम पदार्थको भाउ बढिसकेको छ।

triton college

पछिल्लो पटक निगमले यही चैत २२ गते पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँ मूल्य बढाएको छ। अहिले पेट्रोलको प्रतिलिटर १२० र डिजेलको १०३ रुपैयाँ तिर्नुपर्छ।

गएको साउन १७ गते पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल तथा मटीतेलको ९० रुपैयाँ थियो। साउन ३२ मा पेट्रोल १०५ र डिजेल तथा मटीतेल ९१ रुपैयाँ बनायो निगमले।

भदौ १६ मा पेट्रोल १०७ रुपैयाँ पुग्यो। डिजेल र मटीतेलको भने भाउ बढेन।

भदौपछि दुई महिना चाडबाडको कारण देखाएर निगमले भाउ बढाएन। त्यसपछि मंसिर २७ यता निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाइरहेको छ। 

corrent noodles
Metro Mart

२७ मंसिरमा पेट्रोलको मूल्य १०८ रुपैयाँ र डिजेल तथा मटीतेलको ९१ रुपैयाँ कायम गरियो। 

माघ ५ मा पेट्रोल ११० रुपैयाँ र डिजेल तथा मटीतेल ९३ रुपैयाँ भयो।

माघ २८ मा पेट्रोल ११२ रुपैयाँ र डिजेल तथा मटीतेल ९५ रुपैयाँ कायम गरियो।

फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ र डिजेल तथा मटीतेल मूल्य ९७ रुपैयाँ पुग्यो।

फागुन १७ मा पेट्रोल ११६ रुपैयाँ र डिजेल तथा मटीतेल ९९ रुपैयाँ कायम गरियो।

३ चैतमा पेट्रोल ११८ रुपैयाँ र डिजेल तथा मटीतेल १०१ रुपैयाँ पुग्यो।

पछिल्लो मूल्य २२ चैतदेखि पेट्रोल १२० र डिजेल तथा मटीतेल १०३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा पनि आयल निगमले घाटा बढेको भन्दै मूल्य बढाइरहेको छ। केही साताअघि ६९ डलर प्रतिब्यारेल कच्चा तेलको मूल्य रहेकोमा अहिले ६३ डलरमा झरेको छ। 

पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि पर्छ। पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढे व्यवसायीले कृत्रिम मूल्यवृद्धि समेत गर्ने गरेका उदाहरण छन्।
 

प्रकाशित: Apr 07, 2021| 08:48 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।