मंगलबार, वैशाख ११, २०८१

फलामे छडको गुणस्तर र तौल दुवैमा ठगी

सिमेन्ट र फलामे डण्डीमा गुणस्तरसँगै तौलमा समेत उपभोक्ता ठगिइरहेको पाइएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– सिमेन्ट र फलामे डण्डीमा गुणस्तरसँगै तौलमा समेत उपभोक्ता ठगिइरहेको पाइएको छ। नापतौल तथा गुणस्तर विभागका अनुसार निर्माण सामग्री सिमेन्ट र फलामे छडको गुणस्तरसँगै तौलमा समेत ठगी गर्ने गरेको पाइएको हो।

triton college

विभागले गरेको अनुगमनबाट राजेश हार्डवेयरले फलामे छडको तौलमा ठगी गर्ने गरेको पाइएको हो। विभागका सूचना अधिकारी निराजन पुडासैनीले दिएको जानकारीअनुसार काठमाडौंको बालाजुस्थित राजेश हार्डवेयरले बिक्री गरेको फलामे छड चेकजाँच गर्दा घटी तौल पाइएको हो।

पुडासैनीका अनुसार राजेश हार्डवेयरलाई नापतौल ऐन २०२५ बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइएको छ। आफूलाई मुलुककै ठूलो हार्डवेयर दावी गर्दै आएको राजेश हार्डवेयरले उपभोक्ताले खरिद गरेको फलामे छड रसिदमा उल्लेख गरे अनुसार नपाइएको विभागले जानकारी दिएको छ।

विभागले यसअघि गत असारयता गरेको अनुगमनबाट विभिन्न सिमेन्ट उद्योगहरु एवं फलामे छड उद्योगहरुले गुणस्तरमा समेत ठगी गर्ने गरेका छन्। गत फागुन २६ मा सम्राट सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट एनएस चिन्ह नलिईकनै देव सम्राट प्रिमियम सिमेन्ट ओपीसीमा ५३ ग्रेड उल्लेख गरेको पाइएको थियो।

दाङको सतबरियामा उद्योग रहेको उक्त उद्योगले ४९ ग्रेडको गुणस्तर इजाजत लिएर ५३ ग्रेड (एनएस५७२) मा नेपाल गुणस्तर प्रमाण चिन्ह प्रयोग गरी बिक्री वितरण गर्ने गरेको पाइएको थियो।

corrent noodles
Metro Mart

त्यस्तै गत कात्तिक ५ गते बारामा रहेको जगदम्बा स्टिल्स प्रालिले मापदण्डविपरीत छड बिक्री गर्ने गरेको पाइएको थियो। १६ मिलिमिटर साइजको फलामे डण्डी (एफई ५०० ब्याच नम्बर डब्ल्यु ७७०३१०) मा कैफियत पाइएको विभागले जनाएको छ। मापदण्ड विपरीत फलामे छड नष्ट गरिएको थियो। त्यस्तै गत भदौमा विभागको प्रयोगशालामा परीक्षण गराउँदा जगदम्बा प्रालिको उत्पादन पनि मापदण्ड विपरीत रहेको पाइएको थियो।

जगदम्बा स्टिल्सको टिएमटी बार १६ मिलिमिटर ब्राण्डमा कार्बको मान ०.३५ प्रतिशत पाइएको थियो।

सम्राट, मंगला सिमेन्ट र जगदम्बाको छड मापदण्डविपरीत

 

 

प्रकाशित: Apr 07, 2021| 07:42 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।