बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, ४९ पदका लागि झण्डै दुई सय मैदानमा

पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, ४९ पदका लागि झण्डै दुई सय मैदानमा

नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज बुधबार मतदान हुँदैछ। पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट महासंघमा नेतृत्व चयन हुन लागेको हो।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज बुधबार मतदान हुँदैछ। पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट महासंघमा नेतृत्व चयन हुन लागेको हो। 

triton college

४९ पदका लागि झण्डै दुई सय जना उम्मेदवार मैदानमा उत्रिएका छन्।

महासंघले केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकारहरुलाई आह्वान गरेको छ। 

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको तीनै तहको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय महासंघले गरेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुुसार गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केन्द्रीय समिति र लेखा समितिका ४९ पदमा १९६ जनाको उम्मेदवारी परेको छ। 

corrent noodles
Metro Mart

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेकोमा एकजनाले फिर्ता लिएका छन्। वरिष्ठ उपाध्यक्षमा चार, महिला उपाध्यक्षमा २, समावेशी उपाध्यक्षमा २, महासचिवमा ४, खुला सचिवमा ६, महिला सचिवमा २, आदिवासी जनजाति सचिवमा ३ जनाको उम्मेदवारी परेको छ। सचिव (मधेसी) मा ४, सचिव (दलित) मा ३, सचिव (एसोसिएट)मा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ। अध्यक्षमा युनियनकै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्। यद्यपि, उनले पोखरेललाई समर्थन गर्ने भन्दै पछि हटेका छन्।

गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बनेको छ। तर अधिकांश पदमा बागी उम्मेदवारीसमेत परेको छ। 

प्रेस चौतारी निर्मला शर्माको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ। प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनेको छ। 

पत्रकार महासंघको चुनावमा यसपटक पत्रकार महासंघको नेतृत्व पत्रकारले नै गर्नुपर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिने पनि धेरै छन्। उनीहरूले व्यावसायिक पत्रकारले महासंघको नेतृत्व गर्दामात्रै श्रमजीवीको एजेन्डा सम्बोधन गर्न सकिने बताउँदै आएका छन्।

दुई प्यानलसँगै स्वतन्त्र उम्मेदवारहरु समेत धेरै देखिँदा निर्वाचन रोचक हुने अनुमान गरिएको छ। महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले यसपटकको निर्वाचन फरक समेत हुनेछ। 

अध्यक्षका उम्मेदवार 

विपुल पोखरेल

लामो समयदेखि मोफसलबाट पत्रकारितामा सक्रिय विपुल तारानाथ दाहाल महासंघको अध्यक्ष हुँदा क्षेत्रीय उपाध्यक्ष थिए। उनी वर्तमान कार्यकालमा खुला उपाध्यक्ष छन्। पोखरेल मोफसलको पत्रकारिता गरेर महाघसंको अध्यक्षको उम्मेदवार हुने पहिलो व्यक्ति हुन्।

उनी प्रेस काउन्सिलका पूर्व सदस्य समेत हुन्। दाङमा रेडियो स्वर्गद्वारी र गोरक्ष दैनिकको सम्पादक रहेका पोखरेल बहुदल स्थापनापछि लगातार पत्रकारितामा सक्रिय छन्। पोखरेल कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धनका उम्मेदवार हुन्।

निर्मला शर्मा

प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले २०५२ सालमा सगरमाथा राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेकी हुन्। रेडियो नेपालमा लामो समयसम्म काम गरेकी शर्माले रेडियो सगरमाथा र उज्यालो रेडियोमा पनि काम गरेकी छिन्। राजनीति र संसदको रिपोर्टिङ गरेकी उनले सारथी साप्ताहिकमा पनि काम गरेकी थिइन्।

महिला पत्रकारहरुको हकहितमा क्रियाशील संस्था सञ्चारिक समूहको पूर्वअध्यक्ष शर्मा ५ वर्षदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समकोण सञ्चालन गर्दै आइरहेकी छिन्। नेपाल पत्रकार महासंघमा खुलाबाट पहिलो पटक केन्द्रीय सदस्यमा चुनाव लडेर उनी निर्वाचित भएकी हुन्। उनले यसअघि महासंघमा महासचिव र कोषाध्यक्षमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। 

रामप्रसाद दाहाल

लामो समयदेखि मूलधारको मिडियामा पत्रकारिता गरिरहेका दाहालले यसपटक महासंघको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। दाहालले कान्तिपुर, स्पेसटाइम र राजधानी दैनिकमा रिपोर्टिङ गरेका थिए। अहिले उनी इमेज च्यानलमा समाचार सम्पादक छन्। 

श्रमजीवी पत्रकारको मुद्दामा लड्ने फ्रन्टलाइनरको रुपमा दाहाल परिचित छन्। २०६१ सालमा विचारका आधारमा राजधानी दैनिकबाट निकालिँदा उनले श्रम अदालतमा श्रमजीवीको मुद्दा पहिलो पटक श्रम अदालतमा लगेका थिए। मुद्दा जितेर त्यसलाई कार्यान्वयन गराउने पहिलो व्यक्ति पनि उनै दाहाल हुन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा रहँदा समेत दाहालले श्रमजीवीको पक्षमा सम्झन योग्य काम गरेका छन्। पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५०० तोक्न दाहालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी अहिले महासंघको सचिव छन्। 

गजेन्द्रसिंह बुढाथोकी 

२०५१ सालदेखि पत्रकारितामा सक्रिय बुढाथोकीले महासंघमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। पत्रकार महासंघको नेतृत्व व्यावसायिक पत्रकारले नै गर्नुपर्ने नारासहित उनले उम्मेदवारी दिएका छन्।

उनले लोकपत्र दैनिकबाट पत्रकारिता थालेका थिए। उनले समाचारपत्र दैनिक, राजधानीको कार्यकारी सम्पादक, दैनिकी डटकमको सम्पादक, कारोबार दैनिकमा निमित्त सम्पादक, न्यूज कारोबार डटकममा प्रधान सम्पादक भएर काम गरिसकेका छन्। उनी अहिले टक्सार मिडिया ग्रुपको ग्रुप एडिटर छन्। 
 

प्रकाशित: Apr 07, 2021| 00:35 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।