बुधबार, वैशाख १२, २०८१

त्रिवि शिक्षण अस्पतालमा थप १२ वटा आईसीयू कक्ष सञ्चालन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ।

triton college

स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब पौने  ६ करोड लगानीमा निर्मित अत्याधुनिक सघन उपचार कक्षमा १२ वटा शय्या छन्। आईसीयू उद्घाटन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले मंगलबार गरेका हुन्। 

उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति बास्कोटाले आईसीयू निर्माणमा महत्त्वपूर्ण योगदान दिने सबैलाई धन्यवाद व्यक्त गरे। 

अस्पताल र विश्वविद्यालय दुवैमा अनेकौं समस्या र चुनौती रहेको बताउँदै उनले उनले सवैको सहयोग र आपसी विश्वासमार्फत समस्याको समाधान गर्दै संस्थागत विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। 

शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने सबै प्रकारका सुविधा उपलब्ध गराउन आफू प्रयत्नशील रहेको भन्दै उनले अस्पताल नेतृत्वलाई सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

corrent noodles
Metro Mart

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. दिव्यासिंह शाहले कोरोनाको महामारीमा पर्याप्त आईसीयू नहुँदा बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको स्मरण गर्दै सरकारका महत्त्वपूर्ण पदाधिकारीसँग समन्वय गरी आईसीयू निर्माणमा सफलता प्राप्त भएको बताइन्। 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले महामारीको उच्च जोखिममा अनेकाैं कठिनाइ र व्यवधानमा पनि विश्वविद्यालयका पदाधिकारीको सहयोगमा अस्पताललाई सक्रिय बनाउन आफ्नो टिम सक्रिय रहेको बताए। 

अस्पतालका उपनिर्देशक प्रा.डा.सुवासप्रसाद आचार्यले अस्पतालमा आईसीयूको अभावमा कतिपय बिरामी प्रभावित रहेको बताएका थिए। 

प्रकाशित: Apr 06, 2021| 11:24 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।