बिहीबार, वैशाख १३, २०८१

पोखरामा मेगा बैंकले सुरु गर्‍यो क्यूआर कोड सेवा 

मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ। 

triton college

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो। 

यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ।

corrent noodles
Metro Mart

क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ। 

प्रकाशित: Apr 06, 2021| 09:39 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्