शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलाको सीमामा भारतले बनाइरहेको पर्खालबारे दुवै देशका विज्ञले अध्ययन गर्ने

दार्चुलाको सीमामा भारतले बनाइरहेको पर्खालबारे दुवै देशका विज्ञले अध्ययन गर्ने

दार्चुलास्थित नेपाल-भारत सीमाक्षेत्रमा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खालको दुवै देशका सीमाविद्ले अध्ययन गर्ने भएका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

triton college
corrent noodles
Metro Mart

दार्चुला- दार्चुलास्थित नेपाल-भारत सीमाक्षेत्रमा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खालको दुवै देशका सीमाविद्ले अध्ययन गर्ने भएका छन्।
सोमबार संसदमा बोल्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले  अबको एक सातापछि सीमाविद्ले स्थलगत अध्ययन गर्ने जानकारी दिएका हुन्।
उनले दार्चुलास्थित महाकाली नदीमा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालले नेपाली भूमि मिचेको खबर संसद र समाचार संस्थाहरुमा आइसकेपछि सरकारले यसबारे जाँचबुझका लागि समिति बनाई अध्ययन अनुसन्धान गरिरहेको बताए।
नेपाली भूभागमा भारतले पर्खाल बनाइरहेको खबर बाहिरिएपछि पुस २२ गते नापी अधिकृतको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिहरुको टोलीले स्थलगत अध्ययन गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।
अध्ययन पव्रतिवेदनले सीमा मिचेकोबारे वास्तविकता पत्ता लगाउनुपर्ने सुझाव दिएपछि सरकारले भारतसँग गम्भीर रुपमा छलफल गरेको मन्त्री ज्ञवालीको दाबी छ।
सीमामा निर्माण भइरहेको पर्खालबारे अध्ययन गर्न अप्रिल १२ अर्थात् चैत ३० गते दुवै देशको नापी टोली दार्चुला गई पर्खाल ठिक ढंगले बनेनबनेको, अन्तर्राष्ट्रिय  सीमासम्बन्धी नियम पालना गरिएको नगरिएको बारे नेपालले तथ्य प्रमाणहरु खोज्ने प्रवक्ता ज्ञवालीले बताए।

प्रकाशित: Apr 05, 2021| 11:25 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।