काठमाडौं - कार्डिजका जुवन कालासँग पहिलो हाफको झगडापछि भ्यालेन्सियाका मोक्टर दियकबीले रेफ्री डेबिड जिमिनेजसँग उग्र रूपमा विवाद गरेका थिए।
त्यसपछि भ्यालेन्सियाका खेलाडीले आफूविरुद्ध जातीय र रंगभेदी टिप्पणी गरेको भन्दै मैदान छोडेका थिए।
ला लिगाअन्तर्गत आइतबार राति भएको कार्डिज र भ्यालेन्सियाबीचको खेलमा कार्डिजका खेलाडीले रंगभेदी दुव्र्यवहार गरेपछि भ्यालेन्सियाका खेलाडीले फुटबल पिच छोडेका हुन्।
विवाद साम्य भएर खेल पूरा गर्न मैदान प्रवेश गरेको भ्यालेन्सियाले घरेलु टिम कार्डिजसँग २–१ गोलको हार बेहोरेको थियो।
पहिलो हाफको १४ औं मिनेटमा कालाले र १९ औं मिनेटमा भ्यालेन्सियाका केभिन जमेइरोले गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो।
तर, निर्धारित समयको दुई मिनेट अघि कार्डिजका मार्को लोपेजले गोल गर्दै जित आफ्नो हातमा पारे। यो जितसँगै कार्डिज १२ औं स्थानमा छ।