काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २-२ रूपैयाँ मूल्य वृद्धि गरेको हो।
आइतबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।
योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ।