बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नवौं महाधिवेशनमा जालझेल गरेर जितेको मानिसले फुर्ती नलगाए हुन्छ : नेपाल

नवौं महाधिवेशनमा जालझेल गरेर जितेको मानिसले फुर्ती नलगाए हुन्छ : नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला आधिकारिक भएको दाबी गरेका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला आधिकारिक भएको दाबी गरेका छन्।

triton college

आज आइतबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी नेकपा एमालेको अगुवा कार्यकर्ता भेला गरिरहेका छौं। यो पार्टीको आधिकारिक भेला हो। बागमती प्रदेशका इन्चार्जदेखि लिएर पार्टीका सबै महत्त्वपूर्ण नेताहरु यहीँ सहभागी हुनुभएको छ। पार्टीको निर्माण गर्ने नेताहरू नै हामी हौं। कोअर्डिनेसन कमिटी गठन गर्दादेखिका नेताहरू सबै हामी नै हौं। अहिले यो नै मूलधार हो।’

मदन भण्डारीको विचार बोकेर हिँड्नेहरु सबै एकै ठाउँमा रहेको उनले बताए। पार्टी अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेपालले भने, ‘अरु कुनै आधिकारिक होइनन्। कानुनले दिएन भने बेग्लै उपाय खोजौंला। कसैले पार्टी कब्जा नगरे हुन्छ। कसैको डर धम्की त्रासबाट हामी डराउँदैनौं। हामी शत्तिसाल झैं उभिएका छौं। हामी केपी ओलीले फालेर फालिने होइनौं। उनले हामीलाई बनाएका होइनन्। नवौं महाधिवेशनमा जालझेल गरेर जितेका मानिसले फुर्ती नलगाए हुन्छ।’ 

पोलिट्ब्युरो, केन्द्रीय कमिटी, स्थायी कमिटी सबैमा आफूहरु बहुमतमा रहेको दाबी गर्दै नेपालले त्यही भएर अध्यक्षले बैठक राख्ने हिम्मत नगरेको बताए। 

एमालेको माधव–झलनाथ समूहले पार्टीमा समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।

corrent noodles
Metro Mart

देशव्यापी रुपमा समानान्तर संरचना बनाइरहेको उक्त समूहले आज आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा गर्दैछ। 

माधव–झलनाथ समूहले यसका लागि जिल्ला कमिटीको भेला आयोजना गरेको हो। उक्त समूहले प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौं जिल्ला कमिटी गठन गर्न लागेको बताइएको छ।

भेलामा नेपालले सुरुदेखि नै काठमाडौंमा केपी ओलीले गुटबन्दी गर्दै आएको बताए । ‘मूल ठाउँमा उनले जालझेल गर्दै जित्दै आए। जता पनि उनले हैरानी गर्दै आए। काठमाडौंमा पनि उनले जालझेल गरेका हुन्। उबेला ओलीले ठाउँ नदिएका केहीलाई मैले नै संरक्षण गरेको हुँ। अहिले ती मानिसहरु ओलीतिर नै छैन्। नेतृत्व लिएको मानिसले काखापाखा गर्ने होइन, अभिभावकको जिम्मेवारी लिन सक्नुपर्छ। कार्यकर्ताको मनको भावना र कामको मूल्याकंन गर्न सक्नुपर्छ। तर यहाँ त गुटबन्दी गरेर सक्ने काम भएको छ,’ नेपालले भने।

प्रकाशित: Apr 04, 2021| 08:39 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।