धनगढी- सुदूरपश्चिम प्रदेशका तीन जनामा काेराेना भाइसरकाे नयाँ भेरियन्ट पुष्टि भएकाे छ। प्रदेशकाे सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म तीन जनामा काेराेनाकाे नयाँ भेरियन्ट पुष्ट भएकाे हाे।
कञ्चनपुरका एक जना, डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा नयाँ भेरियन्ट पुष्टि भएको हाे।
नयाँ भेरियन्टकाे कोरोना भएका सबै जना घरमै आइसोलेसनमा रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ।
पछिल्लाे पटक शनिबार कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हाे। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताएका थिए।
'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,' उनले भने, 'नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ।' उनको स्वास्थ्य अवस्था सामान्य छ। भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए।