शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मोदीलेजस्तै के ओलीले पनि नेपालमा पाँच सय र  हजारका नोट बन्द गर्लान् ?

मोदीलेजस्तै के ओलीले पनि नेपालमा पाँच सय र  हजारका नोट बन्द गर्लान् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं :  प्रधानमन्‍त्री केपी ओली नेतृत्वको  सरकारले भ्रष्टाचार तथा कालोधनको नियन्‍त्रण तथा छानबिनका लागि विशेष योजना बनाउने तयारी  गरिरहेका बेला सत्तारुढ दलका नेताले पाँच सय र एक हजार दरका नोटको प्रयोग बन्द गर्नुपर्ने सुझाव दिएका छन्। 

पूर्वअर्थमन्‍त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका  स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले  सरकारलाई सार्वजनिक रुपमै यस्तो सुझाव दिएका छन्। नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलामा सहभागी हुन चितवन पुगेका पाण्डेले नेपाल समयसँग भने, 'पाँच सय र एक हजार दरका नोट अहिले नै बन्द गर्नुपर्छ भन्‍ने मेरो मनसाय होइन।  तर यसको विकल्पबारे सोच्‍नुपर्छ। भ्रष्टाचार र पैशाको अवैध चलखेल नियन्‍त्रणका लागि हजार तथा पाँच सयको नोटको प्रयोगलाई निरुत्साहन गर्नुपर्छ।

उनको प्रश्‍न छ, भारत, अमेरिकाजस्ता विकसित देशमा सयको नोटले चल्ने, हामीलाई किन चाहियो हजार र पाँच सय ? एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याएमा भ्रष्टाचार तथा घुसखोरी धेरै नियन्‍त्रण हुने तर्क पाण्डेको छ।

भ्रष्टाचार र घुसखोरीमा संलग्‍न हुनेहरुलाई  हजार र पाँच सयको नोट बोराबोरामा ओसार्न सजिलो भएको उनले बताए । उनले  सूचना प्रविधिको युगमा अब डिजिटल करेन्सीमा जोडदिनुपर्ने र बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्ने पद्धति विकास गर्नुपर्ने बताए। उनले यसबारेमा प्रधानमन्‍त्री ओली र अर्थमन्‍त्री युवराज खतिवडालाई समेत सुझाव दिइसकेका छन्। 

प्रधानमन्‍त्री नरेन्द्र मोदीले भारतमा पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्धको आकस्मिक घोषणा गरेपछि भारतीय अर्थतन्त्र ठूलो भुँइचालो गएको थियो। त्यसको असर नेपालमा समेत परेको थियो। भारतमा पाँच सय र हजारका नोट प्रतिबन्ध भएपछि अवैध रुपमा घरमा लुकाइ राखेका हजार र पाँचसय बिटासहित थुप्रै बोराहरु नाली र फोहोरमा फालिएको थियो। नेपालमा पनि त्यो अवस्था आउनसक्ने अनुमान गरिएको छ। 

पछिल्लो समय भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीको प्रशंसक र अनुयायी बन्‍न खोजिरहेका ओलीले कुनै दिन यस्तो आकस्मिक घोषणा गरे अचम्म मान्‍नु नपर्ने ओलीलाई नजिकबाट बुझ्‍ने एक नेताले बताएका छन्। स्रोतका अनुसार भारतमा हजार र पाँच सयको नोट प्रतिवबन्ध भएदेखि नै नेपालमा पनि यस्तो संभावना र असरबारे अध्ययन भइरहेको छ। प्रधानमन्‍त्री भएको लगत्तै ओलीले अन्डरग्राउन्ड मनिलाई सतहमा आउन मौका दिएर कालो धनलाई कडाइका साथ नियन्‍त्रण गर्नुपर्ने बताएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्