मंगलबार, वैशाख ११, २०८१

के हो ग्यास्ट्रिक, कसरी बच्ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ग्यास्ट्रिकलाई नेपालमा 'राष्ट्रिय रोग' संज्ञा दिइएको छ । यसको अर्थ हो, हरेक नेपालीमा यो रोग छ । 

खासमा, ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो । तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ । त्यसैले त हो, यसलाई 'राष्ट्रिय रोग' संज्ञा दिइएको । 

वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केकोे महशुुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस हुन्छ । 

तर, सबै पेट दुखाइको कारक ग्यास्ट्रिक हुँदैन । खानाको सन्तुलन नमिल्दा पनि पेट दुख्छ । 

पेटमा एसिड हुन्छ, जसले पाचन प्रणालिमा सहयोग पुर्‍याउँछ । पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउने हो । त्यसका कारण पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर पनि हुने गर्छ । 

बजारमा पाइने चक्की या तरल औषधिले एसिड नियन्त्रण गर्छन् । र, केही समय आराम महशुस हुन्छ । 

जंकफुडको अधिक प्रयोग

अहिले चाउचाउ र दालमोठलाई नियमित खाजाका रूपमा लिइन्छ ।  अधिक मात्रामा यस्ता जंकफुड प्रयोग गर्नाले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना बढी हुन्छ । 

ग्यास्ट्रिकको लक्षण देखा पर्नासाथ खानेकुरा उसिनेर मात्र खाने, पिरो र चिल्लो खाँदै नखाने तथा मुख बार्दा मात्र ग्यास्ट्रिकको उपचार हुन सक्दैन । के खाने र कसरी खानपानको समय मिलाउने भन्ने ठूलो कुरा हो । 

चिकित्सकीय भाषामा ग्यास्ट्रिकलाई 'एसिड पेप्टिक डिसअर्डर' भनिन्छ । पेट दुख्ने वा हल्का असहज महशुस भएलगत्तै ग्यास्ट्रिक भयो भन्दै अस्पतालतिर दौडिन आवश्यक छैन । पेटसँग सम्बन्धित हरेक रोग ग्यास्ट्रिक हुँदैनन् । 

चिन्ता, तनाव, थकान, सुस्त र कमजोरीको कारक ग्यास्ट्रिक हुन सक्छ । यस्तो अवस्थालाई आईबीएस 'इरिटेबल बावल सिन्ड्रोम' भनिन्छ, जुन प्रायः मानिसमा देखिन्छ । 

ग्यास्ट्रिक र आईबीएस अलग-अलग रोग हुन् । दुवैको लक्षण उस्तै हुने कारणले भिन्नता छुट्याउन सकिँदैन । कहिलेकाहीं आईबीएस हुँदा पनि ग्यास्ट्रिक भएको अनुमान गरिन्छ । र, बिनाजाँचबुझ रोग नै पत्ता नलगाई आईबीएस भएमा पनि ग्यास्ट्रिककै औषधि खाने चलन पनि छ । 

लामो समयदेखि ग्यास्ट्रिकको औषधि प्रयोग गरिरहेका व्यक्तिलाई आईबीएस भएको हुनसक्छ । यी दुवैको उपचार पद्धति फरक छ । 

भोकै बस्ने, दूध चिया धेरै खाने र अमिलो पिरो खाएर दिन बिताउनेहरू प्रायः ग्यास्ट्रिकको शिकार बन्छन् । सही खानपानबाट मात्र ग्यास्ट्रिक र अल्सरबाट बच्न सकिन्छ । 

पेट खाली नराख्ने र ३-४ घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ । यसो गर्दा पेट फुल्ने, दुख्ने र तन्किने समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । 

नियमित व्यायाम, सफा र हाइजेनिक खानपानमार्फत् यसबाट बच्न सकिन्छ । समस्या देखिए चिकित्सकको परामर्शमा औषधि सेवन गरेर पनि पार पाउन सकिन्छ । 

ग्यास्ट्रिक र अल्सरका कारणहरू

- धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
- पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
- चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग


के खाने ?

गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने ।

के नखाने ?

रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही, प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, अमिलो कागती, फलफूल, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्