बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सबैभन्दा बढी आयकर तिर्ने शाह सम्मानित, संस्थागतमा सूर्य नेपाल 

सबैभन्दा बढी आयकर तिर्ने शाह सम्मानित, संस्थागतमा सूर्य नेपाल 

गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन्।

triton college

बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा शाहलाई मुख्यसचिव शंकरदास बैंरागीले सम्मान गरेका छन्। शाहको यो दोस्रो पटकको सम्मान हो। उनी हिमालयन डिष्टिलरीका सञ्चालक हुन्। 

यसअघि सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्नेमा सिप्रदी ट्रेडिङ तथा सूर्य नेपाल प्रालिका सञ्चालक समितिका निर्देशक सिद्धार्थ राणा रहँदै आएका थिए। उनले ६ पटकसम्म सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको रुपमा नाम लेखाएका थिए। 

त्यस्तै सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा यस वर्ष पनि सूर्य नेपाल प्रा.लि नै सम्मानित भएको छ। यसअघिका वर्षहरुमा पनि सो कम्पनी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ। 

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न १५ विधामा उत्कृष्ट करदातालाई सम्मानित गर्ने गरेको छ। 

corrent noodles
Metro Mart

निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमा हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज र बैंक तथा वित्तीय संस्थामध्ये सवैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ। त्यसैगरी सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्दै छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ।

बढी आयकर तिर्नेमा बिमा कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा मध्येबाट मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि र पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएका छन्।

विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आइएमई लिमिटेड, व्याापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड प्रा.लि, मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदातामध्ये कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रभित्र पर्नेमा भि.एफ सर्भिसेस (मोरिसस) प्रा.लि रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ घोराही सिमेन्ट इन्डष्ट्रिज सम्मानित भएको छ। 
 

प्रकाशित: Apr 01, 2021| 11:44 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्