बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • द्रूतमार्गको काम तोकिएको समयमै पूरा गर्छौं : नेपाली सेना

द्रूतमार्गको काम तोकिएको समयमै पूरा गर्छौं : नेपाली सेना

‘हामीलाई दिएको जिम्मेवारीमा कतै कमजोरी गर्दैनौं। समयमा नै सम्पन्न गर्ने काममा हामी संवेदनशील छौं।’
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडाैं-  नेपाली सेनाले काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। 

triton college

संसद्को सार्वजनिक लेखा समिति बैठकमा बिहीबार डाकिएका आयोजना सम्बद्ध सैन्य अधिकारीहरूले ऐनिनियमअनुसार काम भइरहेको बताएका हुन्।

आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले भने, ‘हामीलाई दिएको जिम्मेवारीमा कतै कमजोरी गर्दैनौं। समयमा नै सम्पन्न गर्ने काममा हामी संवेदनशील छौं।’

जिम्मेवारी कार्यान्वयन गर्ने विषयमा सेनाले प्रभाव र दबाबमा रहेर काम गरिरहेको उनको भनाइ छ।

यसैगरी नेपाली सेनाको द्रूतमार्ग आयोजनाका प्राविधिक कर्नेल डा. सुनिलसिंह राठोरले पूर्वयोग्यता निर्धारण सम्बन्धी नियममा नै रहेर काम भइरहेको बताए। उनले सेनाले द्रूतगतिमा काम भइरहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै बोलपत्र मागेको बताए।

corrent noodles
Metro Mart

उनले भने, ‘सेनाले इमानदारी र निष्पक्ष रूपमा काम गरेका छौं। त्यसका सबै प्रमाण छन्। ऐननियम कतै पनि तोडेका छैनौं।’ 

यस्तै प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले राज्यले दिएको जिम्मेवारीबाट पछाडि नहट्ने बताए।

उनले भने, ‘हामीले सार्वर्वजनिक खरिद एन नियमावलीअन्तर्गत नै हामीले काम गरेका छौं।’ उनले आयोजनालाई जति सक्दो चाँडो सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले समिति बैठकमा सांसदहरूले उठाएका विषयमा आफूहरू गम्भीर रहेको बताए। 

बिहीबारको सार्वजनिक लेखा समिति बैठकमा सांसद प्रदीप यादवले सेनालाई द्रूतमार्गको जिम्मेवारी दिनु नै गलत रहेको बताए।

उनले भने, ‘सरकारले सेनालाई ठेकदार बनाउन खोज्यो। सेनालाई विवादमा ल्याउने काम भएको छ।’ उनले खरिद प्रक्रियामा देखिएको विवादका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्नेमा जोड दिए।

सांसद तेजुलाल चौधरीले सेना बारम्बार विवादमा आइरहेको बताए। उनले भने, ‘स्वास्थ्य सामग्री खरिदका बेलामा पनि विवादमा आएको थियो। यसरी सेनामा विवादमा आउनु राम्रो होइन। जुन सेनाको काम हो त्यही गर्दा राम्रो हुन्छ।’

प्याकेजमा छनोट गर्दा तीनतीन जनाको नाम आउनुपर्नेमा एउटै व्यक्तिको आएको भन्दै उनले आपत्ति जनाए।

उनले भने, ‘एउटा टेन्डरमा पास हुने र अर्कोमा फेल हुने देखिएको छ। टेन्डरमा सेनाले ध्यान दिनुपर्छ।’ उनले पनि उपसमिति बनाएर छानबिन गर्नुपर्ने बताए।

सांसद मोहन आचार्यले पनि यसबारे छानबिन हुनुपर्ने बताए। 

अर्का सांसद राजेन्द्र केसीले द्रूतमार्ग गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्नु आवश्यक रहेको बताए।

उनले भने, ‘राज्य कोषबाट हुने काम कसरी जबाफदेही बनाउन सकिन्छ भन्ने सार्वजनिक लेखा समितिको काम हो।’ उनले सेनाप्रति सबैको भरोसा रहेकाले विश्वास डगमगाउनु नहुने बताए। 

उनले भने, ‘हामीले विधि, नियम र सार्वजनिक खरिद एेन पालना गरेका छौं कि छैनौं हेर्नुपर्छ। बोलपत्र आव्हान भएको हो कि होइन भन्ने हेर्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा भएको हो कि होइन। धेरै भन्दा धेरै आवेदन आएर प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ 

सांसद सूर्य पाठकले नेपाली सेनालाई उसको व्यावसायिकतामै रहन दिने कि विकास निर्माणको जिम्मा दिने भन्ने विषयमा बहस हुनुपर्ने बताए। 

सांसद पार्वती कुमारीले नेपाली सेनालाई विकासमा सहभागी गराएर उसको गरिमा धमिल्याउने काम भइरहेको बताइन्। उनले भनिन्, ‘आयोजनामा कहाँकहाँ कमजोरी भइरहेको छ भन्ने विषयमा समितिले थप अध्धयन गर्नुपर्छ।’ 

अर्का सांसद मैनाकुमारी भण्डारीले खरिद एनअन्तर्गत रहेर काम गरेमा विवाद नहुने बताइन्। 

सांसद् मिनेन्द्र रिजालले सेनालाई अगाडि सारेर गलत काम गर्न नहुने बताए। उनले भने, ‘ सेनालाई अगाडि सारेर राजनीतिक स्वार्थ पूरा गर्ने काम गरिनुहुन्न।’ उनले द्रूतमार्गमा गल्ती भएको भए कोही उम्किन नपाउने बताए। 

समिति सभापति भरतकुमार शाहले सेनाको प्राविधिक पक्षमा नभई एेननियमअनुसार काम भएको छ कि छैन भन्ने कुरो मात्रै अध्ययन गर्न खोजिएको बताए। 

द्रूतमार्ग निर्माणका विषयमा देखिएको विवाद र आर्थिक अनियमितता भएको भन्दै समितिमा उजुरी परेको थियो।

सोही विषयमा समितिले रक्षा मन्त्रालयका सचिव र नेपाली सेनासँग छलफल गरेको हो। यसम्बन्धमा समितिले छानबिन गरिरहेको छ।

द्रूतमार्गकै विषयमा यसअघि संसद्को विकास तथा प्रविधि समितिले पनि सांसदसँग छलफल गरेको थियो। उक्त समितिले गणेश पहाडीको नेतृत्वमा पाँच सदस्यीय उपसमिति बनाएर अध्ययन गरिरहेको छ। 

प्रकाशित: Apr 01, 2021| 09:44 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।