बुधबार, वैशाख १२, २०८१

रणवीर भन्छन् : न्यूड सिन दिँदा रियललाईफमा लज्जित भएँ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चर्चित बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘संजू’को ट्रेलर रिलिज भएको छ । यो चलचित्रमा दत्तको जीवनमा घटेका विभिन्न घटनालाई समावेश गरिएको छ । जुन घटना उनका फ्यानहरुले नसुनेको र नदेखेको पनि हुनसक्छ । 

चलचित्रमा सञ्जयको अभिनयमा उत्रिएका छन् अभिनेता रणवीर कपूर । चलचित्रको एक दृश्यमा उनले न्यूड (बस्त्र बिहीन) भएर अभियन गरेका छन् । बस्त्र बिहीन भएर अभियान गर्दा कस्तो अनुभव भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा रणवीरले हाँस्दै उत्तर दिए, ‘म त पहिल्यै नङ्गिएको रहेछु । मैले लगाएको टावल अभिनय पहिले नै खसेको थियो । वास्तविक जीवनमा म धेरै लज्जित भएँ । तर, जब क्यामेरा आयो त्यसपछि मैले अरु केही नसम्झि अभिनय गरेँ । किनकी मेरो पेशा नै यही हो ।’

अन्य अभिनयका क्रम धेर थोर सुझाव दिने उनका बुबा ऋषि कपूरले पनि संजू फिल्मको ट्रेलर हेरेपछि राम्रो अभिनय गरेको भन्दै तारिफ गरेका छन् । रणवीरले आफ्ना बुबाको यो तारिफले आफूलाई धेरै नै खुसी बनाएको प्रतिक्रिया दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्