मंगलबार, वैशाख ११, २०८१

दम्पतिलाई गोली हानेर लुट्ने ८ वर्षपछि पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बुटवल: रुपन्देहीमा आठ वर्षअघि भएको  हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र उनकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ। 

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिए। 

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा खुल्न आएका सबै अपराधीलाई अहिलेसम्म पक्राउ गरी कानूनी दायरामा ल्याइएको समेत जनाइएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।