बिहीबार, वैशाख १३, २०८१

तरुण दल सभापति छुटाउन कांग्रेसको बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- कांग्रेसको भातृ संगठन तरुण दलका सुनसरी सभापति सिजन गुरुङको रिहाइ माग गर्दै बिहीबार जिल्ला बन्दको घोषणा गरिएको छ । 

कुटपिट र जग्गा विवादमा उनी शुक्रबार राति १० बजे पक्राउ परेका हुन् । अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वामपन्थी सरकारले गुरुङलाई फसाउन खोजेको आरोप कांग्रेस जिल्ला समितिको छ । र, १३ जेठदेखि निरन्तर सडक आन्दोलनमा छ ।

दिनहुँ हुने प्रदर्शनमा कांग्रेसका सांसदहरू पनि सहभागी हुने गरेका छन् । प्रदेश–१ का विपक्षी दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, सांसद चन्द्र श्रेष्ठ र  विन्दिया कार्की जुलुसमा सहभागी भइरहेका छन् । 

यस्तो थियो घटना

इटहरी-२० तरहराकी तीर्थकुमारी गिरीको परिवालाई गुरुङको समूहले कुटपिट गरेको उजुरी प्रहरीमा परेको छ । भिडियो प्रमाणसहितका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

गुरुङ समूहले ०६८ सालदेखि भाडा उठाएर खाएको भनिएको गिरीको १० धुर जग्गा जग्गामा अमिनमार्फत् नापी गर्दा उनलाई कुटपिट गरिएको हो । 

वडाध्यक्ष मणिराम श्रेष्ठ र प्रहरीकै अगाडि भएको कुटपिटबाट गिरीका छोराको अनुहारमा नीलडाम रहेको इटहरीका डीएसपी शिवकुमार श्रेष्ठले बताए । 

केही महिनाअघि किशोरी बलात्कारको घटनामा मिलापत्र गराउन सक्रिय रहेको अभियोगमा पक्राउ परी जिल्ला अदालतबाट पाँच हजार रुपैयाँ धरौटीमा छुटेका थिए । 

कांग्रेसले भने गुरुङलाई प्रहरीले ‘इन्काउन्टर’ गर्न खोजेको आरोप लगाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।