शुक्रबार, वैशाख ७, २०८१

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले बकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले बकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

triton college

शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय इलामका तत्कालीन डिभिजनल इञ्जिनीयर सुवास बस्नेतले घुस लिएको अभियोगमा विशेष अदालतमा नै मुद्दा चलिरहेको अवस्थामा सरकारी साक्षीको वकपत्रमा अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको पाइएको छ। 

आयोगका अनुसार खतिवडाले झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप कार्य गर्न बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक पटक गरी रु ३७ लाख ५० हजार जम्मा गरेको पाइएको छ।

आयोगले खतिवडाविरुद्ध सोही अनुसारको बिगो कायम गरी भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। रासस

प्रकाशित: Mar 29, 2021| 14:12 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।