शुक्रबार, वैशाख ७, २०८१

थोक र खुद्रा व्यवसायलाई सेवामूलक उद्योगबाट हटाइयो

सरकारले थोक तथा खुद्रा व्यवसायलाई सेवामूलक उद्योगको सूचीबाट हटाएको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– सरकारले थोक तथा खुद्रा व्यवसायलाई सेवामूलक उद्योगको सूचीबाट हटाएको छ। 

triton college

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै थोक तथा खुद्रा व्यवसायलाई सेवामूलक उद्योगबाट हटाएको हो।

मन्त्रालयले यसअघि औद्योगिक व्यवसाय ऐन २०७६ मा थोक तथा खुद्रा व्यवसायलाई सेवामूलक उद्योगमा राखेकोमा यही ९ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै यो सूचीबाट हटाएको हो।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १७ को २ को (ज) मा सेवामूलक उद्योगसम्बन्धी व्यवस्था गरिएको छ। यसअनुसार अनुसूची ८ मा दिइएअनुसारका व्यवसाय सेवामूलक हुनेछन्।

अनुसूची ८ को क्रमसंख्या ५६, क्रमसंख्या ५७ का केही शब्द र क्रमसंख्या ६३ का केही शब्द झिकिएका छन्। ५७ मा रहेको ‘विद्युतीय व्यापार (ई–कमर्स) भन्ने शब्द पनि झिकिएको छ। क्रमसंख्या ६३ मा रहेको ‘घुम्ती खाद्य स्टल’ भन्ने शब्द पनि झिकिएको छ।

corrent noodles
Metro Mart

राजपत्रमा उल्लेख भएअनुसार अब ई–कमर्स व्यवसाय सेवामूलक उद्योग अन्तर्गत नरहने भएको छ । त्यस्तै फुड कोर्ट, क्याटरिङ, घुम्ती स्टल पनि सेवामूलकको सूचीमा रहेकोमा अब घुम्ती स्टल यो सूचीबाट हटेको छ।
 

प्रकाशित: Mar 29, 2021| 08:08 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्