शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आईपीएलको सट्टेबाजीमा १५ करोडको खेल,  डनदेखि चर्चित कलाकार र नेता निगरानीमा 

आईपीएलको सट्टेबाजीमा १५ करोडको खेल,  डनदेखि चर्चित कलाकार र नेता निगरानीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) नेपाली खेल प्रेमीका लागि निक्कै नै चर्चित प्रतियोगिता हो । विगतमा भन्दा यो पटक यसको महत्व अझै बढि रह्यो, कारण थियो नेपाली क्रिकेटर सन्दीप लामिछानेको आईपीएलमा सहभागिता । उनको खेल हेर्नकै लागि पनि धेरै नेपालीले आईपीएल हेरे । 

यो त थियो आईपीएलको रमाइलो पक्ष । तर, अहिले आईपीएलमा सट्टेबाजी गर्ने चर्चित नेपाली नेता, कलाकार र डन प्रहरीको निगरानीमा परेका छन् । 
ठूलो रकमको बाजी लगाएको आरोपमा प्रहरीले मंगलबार पूर्वफुटबलर अञ्जन केसीसहितका ६ जनालाई पक्राउ गरेपछि यो खुलासा भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार केसीले दुई करोड ७७ लाख पाँच हजार रुपैयाँको बाजी लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यस्तै, दिनेश बोगटीले सात करोड १४ लाख ६२ हजार, गौरव तिवारीले दुई करोड र भुपेन्द्र कुँवरमार्फत् तीन करोडको बाजी लगाएको खुलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार विशेष सुराकीका आधारमा उनीहरूलाई नगद तीन लाखसहित पक्राउ गरिएको थियो । उनीहरूका साथबाट ल्यापटप र मोबाइल बरामद भएको छ । 

केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, भुपेन्द्र कुँवर र विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

कलाकार पनि मुछिए 

सट्टेबाजीमा चर्चित कलाकार तथा नेताहरुको पनि सहभागिता रहेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तको वयानका क्रममा नेपाली चलचित्र तथा टेली चलचित्रमा चर्चित रहेका कलाकारको पनि संलग्नता रहेको पाइएको छ ।

तर, ठोस प्रमाण नहुँदा उनीहरुलाई पक्राउ गर्न नसकिएपछि प्रमाण पाप्त भएपछि पक्राउ गरिने काठमाडौं प्रहरी प्रमुख पोखरेलले बताए । नजिकिँदै गरेको विश्वकपलाई पनि मध्यनगर गर्दै शंकास्पद गतिविधिमा संलग्नहरुको निगरानी प्रहरीले गरिरहने पोखरेलको भनाई छ । 

यसअघि म्याच फिक्सिङ अभियोगमा पूर्वफुटबलर केसीलाई ३० असोज ०७४ मा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । उनीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।