काठमाडौं - साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ आज दुई सय रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ।
हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको महासंघले जनाएको छ। चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।