बिहीबार, वैशाख १३, २०८१

कांग्रेसले भन्यो, 'हाबादारी बजेट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : नेपाली कांग्रेसले सरकारले मंगलबार ल्याएको आगामी आर्थिक बर्षको बजेट बैदेशिक लगानी र नीजि क्षेत्रको लगानीलाई उपेक्षा गरेको निष्कर्ष निकालेको छ । अर्थविद्धसहितको उपस्थितिमा बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बैदेशिक लगानी र नीजि क्षेत्रलाई उपेक्षा गरी ल्याइएको बजेटले समृद्धि हासिल गर्न नसक्ने निष्कर्ष निकालेको हो । 

‘यो बजेटले बिदेशी लगानी भित्र्याउन र नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहनको लागि कुनै कार्यक्रम प्रस्ताव गरेको छैन’, बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले भने ‘करको दायरा नबढाई सत प्रतिशतसम्म बृद्धि गरी नीजि क्षेत्रलाई त्रासमा राख्ने काम भएको छ ।’ उनले सरकारी पक्षसँग नीजि क्षेत्रको हातेमालेलाई तिरस्कार गरिएको आरोप लगाए । 

खाँडले रोजगारी बृद्धि गर्न ठोस कार्यक्रम नल्याइएको भन्दै १० औं लाख नेपालीलाई रोजगारी दिन नीजि क्षेत्रको अधिक लगानी आवश्यक परे पनि त्यसलाई अबमुल्यन गरेको आरोप लगाए । खाँणका अनुसार कर बृद्धि गरिएको, उत्पादन बृद्धिका कार्यक्रम नल्याइएको कारण नीजि क्षेत्रले लगानी गर्ने सम्भावना छैन, जसले रोजगारीको नयाँ सम्भावना आशा गर्न सकिँदैन । 

उनले बर्तमान सरकारले ल्याएको बजेटले नेपाली जनतामा ऋणको भार बोकाएको आरोप लगाए । ‘हालसम्म प्रत्येक नेपालीको टाउकोमा २८ हजार ऋण थियो, तर यो सरकारले ल्याएको बजेटले प्रत्येक नेपालीको टाउकोमा १४ हजार ६ सय ६५ प्रतिव्यक्ति ऋणको भार एकैपटक थपेको छ’, खाँडले भने ‘जनतालाई ट्याक्स थोपरिएकोले लागनीको वातावरण बन्द गरिएको छ ।’ नीजगढ अन्तराष्ट्रिय बिमानस्थल ५ बर्षभित्र बनाइसक्ने भनेर चुनावी घोषणा पत्रमा भनिए पनि बजेट प्राथमिकता नदिएको बताए । 

अर्थमन्त्री डा. यूवराज खतिवडाले स्वेत पत्र जारी गर्दा मुलुक कंगाल भएको भन्ने गलत चित्र प्रस्तुत गरेपनि अघिल्लो सरकारले दुई सय ८८ अर्व रुपैयाँ ढुकुटीमा मौजदात छोडर गएको दाबी गरे । बजेटको लक्षण हेर्दा रेल कुदाउने, पानी जहाज चलाउने कुनै पनि योजना सफल नहुने देखिएको भन्दै खाँडले बजेटमा नीति तथा कार्यक्रम नै नभउको दाबी गरे । विगतमा प्रधानमन्त्रीले वाँडेको सपनाबाट मुलुकका नागरिकका निरासा आउला भन्ने चिन्ता बढेको खाँडले बताए । 

बजेटले समृद्धिको लक्ष्य हासिल गर्न असम्भव 

राष्ट्रियोजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले देशको आवश्यकता र प्रधानमन्त्रीको ‘स्लोगन’लाई पुरा गर्न समृद्धिको लक्ष्य हासिल गर्ने लक्षण बजेटले नदेखिएको वताए । ‘समृद्धिको लक्ष्य हासिल गर्ने हो भने सबैभन्दा पहिलो नीतिगत सुधार र क्षमता अभिवृद्धि गर्नुपर्छ । हाम्रो विकाको क्षमता बुद्धि गर्नुछ’ पोखरेलले भने ‘तर, जग्गा अधिग्रहण लगायतका धेरै कानूनी जटिलतालाई सरल बनाउने र प्रशासनिक संयन्त्रको क्षमता बृद्धिमा बजेट मौन छ ।’

प्रधानमन्त्रीले पूर्व–पश्चिम फास्ट स्पिडको रेल चलाउने योजनालाई पाँच बर्षमा निर्माण गरिसक्ने हो भने प्रत्यके बर्ष तीनदेखि साढे चार खर्ब रुपैयाँ बजेट छुट्याउनु पर्ने पोखरलले वताए । उनले सरकारको विकास खर्चको बजेट नै साढे तीन खर्ब रुपैयाँमात्र भएको अवस्थामा नीजि क्षेत्रको लगानि नभित्र्याई त्यति महत्वकांक्षी योजना सफल नहुने दाबी गरे ।

कांग्रेस संसदीय दलको बैठकपछि बाहिरिएका पोखरेलले बजेट पढेको सुनेर कुनै पनि अन्तराष्ट्रिय कम्पनी वा व्यवसायी दिल्ली वा कम्बोडिया छोडेर नेपालमा लगानी गर्छु भन्न नसक्ने ठोकुवा गरे । ‘समाजबादमा उन्मुख हुन पहिले पूँजी बृद्धि र विकास हुनुपर्छ । त्यो छैन । त्यसका लागि नीजि क्षेत्रलाई सहभागी गराउन सक्नु पर्छ’, पोखरेलले भने ‘गरिबी र स्वरोजगारको व्यवस्था प्रधानमन्त्री कार्यालयमार्फत राखेर यूवा तथा स्वरोजगार कोषको जस्तै कार्यकर्तालाई रकम वाँड्नयो योजना बनाएको पाइयो ।’

पोखरेलले विगतका बजेटमा समावेस भएका गरिवी निवारण र रोजगारमूलक  १२/१३ वटा कार्यक्रमलाई बजेटको २६ दफामा राखेर तीन अर्ब १० करोड रुपैयाँ कार्यकर्तालाई वितरण गर्न खोजिएको आरोप लगाए ।  पोखरेलले भने ‘विकास बजेटलाई रोजगारीको नाममा वितररण गर्ने र उत्पादन तथा राजश्वको दायारा नबढाउने हो भने मुलुकलाई आत्मनिर्भर बनाउन सकिँदैन । यो बजेट स्पप्नदर्शी र अव्यवहारिक छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।