शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय लिग खेल्ने १० टिमको टुंगो, को कति बलियो ?

राष्ट्रिय लिगमा आर्मी, मछिन्द्र, मनाङ र स्टार सिटी उपाधि होडमा रहने छन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

राष्ट्रिय लिगमा आर्मी, मछिन्द्र, मनाङ र स्टार सिटी उपाधि होडमा रहने छन्।

triton college

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने राष्ट्रिय लिगका लागि १० टिमको टुंगो लागेको छ। 

नेपालगन्जमा आइतबार एन्फा प्रेसिडेन्ट लिग सकिएसँगै राष्ट्रिय लिग खेल्ने १० टिमको टुंगो लागेको हो।

राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष ६ मा रहेका टिम र एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहेको टिमले प्रतिस्पर्धा गर्नेछन्।

ए डिभिजन लिगबाट ६ टोली गत वर्ष नै छनोट भइसकेका छन्। प्रेसिडेन्ट लिगबाट आउने टिमको छनोट पनि हिजो भइसकेको छ। 

corrent noodles
Metro Mart

ए डिभिजन लिगबाट मछिन्द्र क्लब, आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, पुलिस र जाउलाखेल राष्ट्रिय लिगमा प्रवेश गरेका छन्।

प्रेसिडेन्ट लिगबाट स्टार सिटी युथ क्लब, मनकामना युवा क्लब, धम्बोझी युवा क्लब र त्रिवेणीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन्। 

प्रेसिडेन्ट लिगमा स्टार सिटीले लिग विजेता बन्दै १० लाख पुरस्कारसमेत जितेको छ। त्यस्तै उपविजेता बनेको धम्बोझी युवा क्लबले पाँच लाख पुरस्कार हात पारेको छ।

को कति बलियो ?

गत वर्ष ए डिभिजनको अन्तिम खेलअघिसम्म पनि नतिजा ननिस्किँदा उपाधि होडमा थिए त्रिभुवन आर्मी क्लब र हेबिवेट मछिन्द्र क्लब।

अन्तिम खेलमा १-० गोलका साथ मछिन्द्रले जित निकालेपछि उसले पहिलोपटक लिग जित्यो। लिग जितेर उच्च मनोबल बनाएको मछिन्द्रले मोफसलका थप दुई उपाधि पनि उचालेको थियो।

यता ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले यो वर्ष एएफसी लाइसेन्स पाएर फुटबलमा उल्लेखनीय प्रगति गरिसकेको छ। यसले विदेशी क्लब र राष्ट्रका उमेर समूहका टिमसँग खेल्दै आफ्नो क्षमतालाई तिखारेको छ।

यसकारण आउँदो राष्ट्रिय लिगमा दुवै टिम ध्यानमा रहने छन्। त्यस्तै तेस्रो स्थानमा ए डिभिजन लिग सकाएको मनाङ मर्स्याङ्दी क्लबलाई पनि उपाधि होडबाट टाढा राख्ने भने मिल्दैन।

यता एन्फा प्रसिडेन्ट लिगमा सामानान्तर प्रदर्शन गरेर राष्ट्रिय लिगमा छनोट भएको स्टार सिटी पनि निकै बलियो छ। भर्खरै लिग सकिएकाले सबै खेलाडी फर्ममा छन् भने क्लबको टिम बिल्डिङ पनि निकै राम्रो छ।

कैलालीको स्टार सिटी क्लबले प्रेसिडेन्ट लिग अपराजित रहँदै एक खेल अगावै च्याम्पियन बन्यो। यसकारण मोफसलबाट आएको बलियो टिमलाई पनि राष्ट्रिय लिगमा कम आँक्न सकिँदैन।

यदि उसले आफ्नो लय कायम गर्न सके ए डिभिजन लिगका विजेतालाई अप्ठ्यारोमा पार्न सक्ने छ। यसकारण आउँदो लिगमा आर्मी, मछिन्द्र, मनाङ र स्टार सिटी उपाधि होडमा रहने छन्।

एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट

फेयर प्लेमा उत्कृष्ट बनेको मनकामना टिमले ५० हजार पुरस्कार पाएको छ।

यसैगरी उत्कृष्ट रक्षक स्टारका धनराज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर घोषित भएका छन्।

साथै स्टारका टेकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द घोषित भए। उनीहरूले समान २५–२५ हजार पुरस्कार पाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुपबहादुर विष्ट घोषित भए। उनले नगद ५० हजार प्राप्त गरे।

प्रकाशित: Mar 29, 2021| 03:42 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।