बुधबार, वैशाख १२, २०८१

विषाक्त बन्दै उपभोक्ताको भान्छा

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौं र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्याधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

भरतपुर - चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौं र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्याधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो।

triton college

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्रिया गरिएको थियो। चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौंको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्याधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए।

कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उनले बताए। 

'जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौं', उनले भने। कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ। 

'यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ', उनले भने। उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिए।

corrent noodles
Metro Mart

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताए। 'सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ', उनले भने, 'विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरू भेटिने गरेका छन्।'

भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताए। 'अधिकांश किसान साक्षर छैनन्', उनले भने, 'सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ।' 

यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताए। उच्चदरमा हुने विषादी बिक्री वितरणमा सरकारले नै रोक लगाउनुपर्ने उनको धारणा छ। 'किसान उत्पादक र उपभोक्ता दुवै हो, स्वास्थ्यको चिन्ता किसानलाई पनि हुन्छ तर बाध्यता छ', उनले भने।

उनले कुन विषादीले स्वास्थ्यमा कति असर गरेको छ भन्ने कुरामा अनभिज्ञ रहेको बताए। राज्यले एउटा योजना बनाएर काम गर्नुपर्ने भन्दै उनले बाली उत्पादन हुन नसक्ने अवस्थामा किसानलाई राज्यले सहयोग गर्नुपर्ने बताए। 

विनिता एग्रो सेन्टरका सञ्चालक विशाल श्रेष्ठले आफूहरूले किसानलाई प्रयोग गर्ने मात्रा र विधि जानकारी दिएर मात्र विषादी बिक्री गर्ने गरेको बताए।

'कतिपय किसानले आफैं विषादीको नाम लिएर माग्नुहुन्छ', उनले भने, 'वेटिङ पिरियड र विषादी डोजका बारेमा पनि जानकारी दिने गरेका छौं।'

किसानले कीरा चाँडै मरोस् र धेरै तरकारी फलोस् भनेर पनि जथाभावी विषादी प्रयोग गर्ने गरेको उनले बताए। गाउँ-गाउँमा अवैधरूपमा विषादी बेच्न हिँड्ने क्रम नरोकिएकाले पनि यस्तो समस्या आएको उनको भनाइ छ।

किसान कुलचन्द्र आचार्यले राज्यले कडा खालका विषादी रोक्नुपर्ने बताए। उनले भने, 'विषादी नहालौं तरकारी फल्दैन, हालौं स्वास्थ्यमा असर गर्ने डर छ।' उनले विषादीबिना कुनै पनि कृषिजन्य उत्पादन हुन छाडेको गुनासो गरे।

भरतपुर महानगर तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सञ्चालक पुरुषोत्तम गौतमले विषादी परीक्षण गरेर मात्र किसानलाई बिक्री वितरण गर्नु राम्रो हुने बताए। उनले सुरुमा थोरै तरकारी लगेर विषादी परीक्षण गर्न र योग्य भए त्यसपछि मात्र बजारमा लैजान किसानलाई सुझाव दिए।

कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले यस आर्थिक वर्ष २०७७/७८ मा भरतपुरको महानगर तरकारी तथा फलफूल थोक बजारमा रहेको प्रयोगशालामा ६ सय ३४ नमूना परीक्षण भएको बताए। तीमध्ये ११ परीक्षण क्वारेन्टिनमा रहेको र आठवटा नष्ट गर्नुपरेको जानकारी दिए।  रासस 

प्रकाशित: Mar 26, 2021| 03:30 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्