बिहीबार, वैशाख ६, २०८१

अखबार समिक्षाः बजेट महत्वाकांक्षी कि निरस ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– बुधबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अबारहरुले बजेटको विषयलाई मुख्य प्राथमिकता दिएर छापेका छन् । 

सरकारले मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्बको बजेटलाई आजको कान्तिपुर दैनिकले वित्तिय अनुशासनको प्रयास शीर्षक दिएर लेखेको छ भने नागरिक दैनिकले ३४ प्रतिशतको महत्वाकांक्षी राजस्व लक्ष्य शीर्षक दिएर छापेको छ । 

कान्तिपुरले लेखेको छ–चुनावी घोषणापत्र र आम अपेक्षाविपरित अर्थमन्त्री युवराज खतिवडाले कम महत्वाकांक्षी बजेट सार्वजनिक गरेका छन् । सांसदलाई चार करोडको दिइएको खबरलाई भने उसले उपशीर्षक दिएर पहिलो पृष्ठमा छापेको छ । 

नागरिकले राजस्व असुलिको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएका लेखेको छ भने अर्थमन्त्रीले छुट्याएको बजेट र लिएको लक्ष्यलाई बक्स बनाएर छापेको छ । अर्थमन्त्रीले आर्थिक वृद्धि ८ प्रतिशत हुने लक्ष्य लिएका छन् भने मुल्यवृद्धि ६.५ प्रतिशतमा कायम राख्ने प्रक्षेपण गरेका छन् । 

नयाँ पत्रिका दैनिकले भने उत्साही सरकारको निरस बजेट शिर्षकमा मुख्य समाचार छापेको छ । बजेटको आकार नै निराशाजनक, न लोकप्रिय न आयोजन केन्द्रीत, पुरानै ठूला आयोजना तर बजेट छैन्, वृद्धवृद्धा र उत्पीडित समुदायलाई उपेक्षा लगायतका विभिन्न उपशीर्षक दिएर उसले बजेटको खबर छापेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।