मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : सिंह  

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। 

triton college

बिहीबार विराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले असंवैधानिक कदम चालेकाले सत्तामा बस्ने नैतिकता गुमाएको बताएका हुन्। 

उनले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेकोले उपलब्धि गुम्ने खतरा बढेका बताए। 

देश विकासका लागि कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाइ छ।

‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन्। तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो,’ उनले भने, ‘आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरे।’
कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेको भन्दै उनले नैतिकताहीन सरकारलाई माओवादी केन्द्रले समर्थन दिइराख्ने

corrent noodles
Metro Mart

जसपाले प्रस्ट निर्णय नलिँदा सरकारको विकल्प दिन नसकिएको बताए। नेता सिंह कांग्रेस मोरङका पूर्वसभापति स्व. अशोक कोइरालाप्रति श्रद्धाञ्जली दिन विराटनगर पुगेका थिए।

प्रकाशित: Mar 25, 2021| 11:50 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।