विराटनगर– विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चल उपाधि नजिक पुगेको छ।
विराटनगर– १६ स्थित जुट मिल्सको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्लव दुहबी सुनसरीलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयसम्म २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो भएको थियो। खेलको म्यान अफ दि म्याच एपीएफका उज्वल चाम्लिङ्ग राई घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे।
बिहीबारको दोस्रो सेमिफाइनल खेल साइनो स्पोर्ट्स क्लब रानी र धरान सिटी फुटबल एकाडेमीबीच हुनेछ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।