शनिबार, वैशाख ८, २०८१

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं- नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।

triton college

२०७७ चैत्र १५ देखि १८ गतेसम्म हुने भनिएको च्याम्पियनसिप कभर्डहलको व्यस्तता कारण समय हेरफेर गर्नु परेको एनबीएले जनाएको छ।

आयोजक संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले भने, ‘अब च्याम्पियनसिप आउँदा २०७८ सालको वैशाख ४ देखि ८ गतेसम्म हुनेछ।’

दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, युगल, मिश्रित युगल, ब्वाईज तथा गल्र्स यु–१७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुँदैछ।

रेंकिङ प्रतियोगिता रहेको च्याम्पियनसिपमा संघसँग आबद्ध जिल्ला ब्याडमिन्टन संघ र आबद्ध हुन बाँकी जिल्ला, बिभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन्।

corrent noodles
Metro Mart

२७ लाख अनुमानित खर्च रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५०० सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५०० सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यु – १७ ब्वाईज तथा गल्र्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरियता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ। 

यु–१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन्।

कोटामा परेका प्रत्येक खेलाडीह, प्रशिक्षक र व्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन्।

प्रकाशित: Mar 24, 2021| 12:15 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।