बुधबार, वैशाख १२, २०८१

मर्चवारीमा किन टिक्दैनन् कर्मचारी ?

मर्चवारी गाउँपालिकामा तीन वर्षको अवधिमा सातजना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

बुटवल - रूपन्देही दक्षिण सीमामा छ, मर्चवारी गाउँपालिका। 

triton college

मर्चवार विकासका हिसाबले पछाडि परेको क्षेत्रका रूपमा परिचित छ। 

साविकका रायपुर, सिलौटिया, बगौली र मर्चवार गाविस मिलेर बनेको यो गाउँपालिका पहिल्यैदेखि राज्यको प्राथमिकतामा परेन। 

त्यसैले परिवर्तित संरचनाअनुसार गाउँपालिका बनेपछि विकास निर्माणमा फड्को मार्ने अपेक्षा स्थानीयवासीले गरेका थिए। तर, स्थानीय सरकारका रूपमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि यो गाउँपालिकामा विवादैविवाद छ। 

भारतको उत्तरप्रदेशसँग सीमा जोडिएको यो गाउँपालिकामा कर्मचारी ६ महिनाभन्दा बढी टिक्दैनन्। 

corrent noodles
Metro Mart

तीन वर्षको अवधिमा सातजना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।

किन त्यस्तो भइरहेछ यो गाउँपालिकामा ? 

कर्मचारी भन्छन्, ‘जनप्रतिनिधि कर्मचारीमाथि कुटपिट र गालीगलौजमा उत्रन्छन्।’

त्यसै त मर्चवारी गाउँपालिका भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले कर्मचारी यहाँ आउनै चाहँदैनन्। त्यसमाथि जनप्रतिनिधि कुटपिटमै उत्रन थालेपछि कर्मचारी कसरी आउन् ?

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भन्छन्, ‘सामान्य विषयमा पनि जनप्रतिनिधि गालीगलौज र कुटपिटमै उत्रनुहुन्छ।’

अर्याल आएको ६ महिना पुगेको छ। 

अर्यालका अनुसार सुरुमै उनलाई र लेखा अधिकृतलाई जनप्रतिनिधिले गालीगलौज गरेका थिए। 

६ महिना पुगेकै बेला फेरि गाउँपालिका-३ का वडाध्यक्षले एक इन्जिनियरलाई हातपात गरेपछि समस्या फेरि बल्झिएको छ। 

बेलाबेला कर्मचारी र जनप्रतिनिधिबीच विवाद भइरहने मर्चवारीमा यो घटनापछि विवाद थप चुलिएको छ। 

आइतबार मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नारायणबहादुर यादवले सहायक इन्जिनियर प्रेमसागर पासवानलाई हातपात गरेपछि गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन्। 

गाउँपालिकाको रायपुर जाने १४ सय ६२ मिटर सडक कालोपत्रेको उपभोक्तालाई भुक्तानी गर्ने विषयमा विवाद हुँदा वडाध्यक्ष यादवले आफूमाथि हातपात गरेको कर्मचारी पासवान बताउँछन्। 

उनका अनुसार आफूमाथि अभद्र व्यवहार गर्दै कोठाबाट लछारपछार गर्दै निकालेर वडाध्यक्षले हातपात गरेका हुन। 

पासवान जनप्रतिनिधिबाटै असुरक्षित भएको भन्दै रुपन्देही प्रशासनमा निवेदन लिएर पुगेका छन। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दुवै पक्षलाई छलफल गराएर विवाद समाधान गर्ने बताए। 

‘वडाध्यक्षले कुटपिट गरेको निवेदन हामीकहाँ आएको छ,’ उनले भने, ‘हातपात भएको भए मुद्दाका रूपमा प्रहरीबाट ल्याउन भनेका छौं।’ 

यता गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष यादवले आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरे। उनले भने, ‘प्राविधिक पक्षको काममा ढिलाइ नगर्न आग्रह गर्दा विवाद भएको हो।’ 

९० लाख लागतमा निर्माण गर्ने सडकका लागि उपभोक्ताले १० प्रतिशत जनश्रमदान गर्नुपर्ने थियो। 

मर्चवारी गाउँपालिकामा उपभोक्ताको लगानी राख्ने विषयमा समेत गलत बुझाई रहेको कर्मचारीहरू बताउँछन्। 

जनप्रतिनिधिले कर्मचारीलाई दबाबमा राखेर काम गराउन खोजेकै कारण विवाद हुने गरेको कर्मचारीको आरोप छ। 

सामान्य कानुनी प्रक्रिया नमिलेको विषयमा जानकारी गराउँदा पनि त्यसलाई गलतरूपमा बुझ्दा विवाद हुने गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।

‘मैलै सकभर मिलाउने प्रयास गरेकै छु, तर जनप्रतिनिधिले सहजीकरण नगर्दा समस्या भएको छ,’ उनले भने। 

जनप्रतिनिधिले भने प्रत्येक कामको कार्यसम्पादन मूल्यांकन गर्दा योजनाअनुसारको काममा कर्मचारीले घुस माग्ने गरेको आरोप लगाएका छन्। 

कर्मचारीले पनि जनप्रतिनिधिले हुँदै नभएको कामको पनि मूल्यांकन गर्न दबाब दिने गरेको आरोप लगाउने गरेका छन्। 

कर्मचारी र जनप्रतिनिधिबीचको विवादको चपेटामा सेवाग्राही परेका छन्। 

कर्मचारीहरूले सुरक्षाको कारण देखाउँदै कार्यालयमा कामकाज ठप्प पारेका छन्। 

विकास निर्माणको कामले गति लिने बेलामा कर्मचारी कार्यालयमै नआएपछि सेवा प्रभावित भएको छ। 

गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले अनावश्यक विवाद सिर्जना गरिएको बताउँदै चाँडै सहजीकरण गर्ने बताए। 

उनले स्थानीय तहहरूको पुँजीगत खर्च हुने समयमा कर्मचारी कार्यालय नआउँदा समस्या भएको बताए। 

प्रकाशित: Mar 24, 2021| 01:46 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।