बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ढुंगेललाई उन्मुक्ति : राति नै ‘क्याबिनेट’, राति नै आममाफी

ढुंगेललाई उन्मुक्ति : राति नै ‘क्याबिनेट’, राति नै आममाफी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ सर्वस्वसहित जन्मकैद तोकिएका बालकृष्ण ढुंगेललाई सरकारले कैद मिनाहा गर्ने निर्णय गरेको छ । 

सर्वोच्च अदालतले सोमबार मात्र ढुंगेललाई कैदमिनाहा गर्न तयार पारेको  सक्कली फाइल मगाएको थियो । मन्त्रिपरिषद्ले सोमबार राति ११ बजे कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट सरकारको निर्णय तत्काल सदर भएपछि ढुंगेलले उन्मुक्ति पाएका छन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालतले ढुंगेललाई दोषि ठहर गर्दै सर्वस्वसहित जन्मकैद तोकेको थियो । पर्याप्त प्रमाण नपुगेको बताउँदै तत्कालीन पुनरावेदन अदालत राजविराजले ढुंगेलको मुद्दा खारेज गरको थियो । 

सर्वोच्च अदालतले ०६६ सालमा जिल्ला अदालतको निणर्य सदर गरेको थियो । सत्ता र शक्तिको आडमा सर्वोच्चको निर्णय लत्याउँदै 'फरार' रहेका ढुंगेल तत्कालीन माओवादीका उच्च नेताको साथ सार्वजनिक समारोहमै देखिँदै आएका थिए । तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

फैसलाको आठ वर्षपछि गत कात्तिकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको थियो ।

को हुन् ढुंगेल ?

ओखलढुंगाका उनी नेपाली सेनाका भगौडा सिपाही हुन् । माओवादीको सशस्त्र विद्रोहमा उनी सार्पसुटरका रूपमा प्रयोग भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । 

१० असार ०५५ मा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । घटनामा सहयोगी रहेका पुष्कर गौतमले जेल सजाय भोगिरहेका छन् । 

के थियो घटना ?

मृतक श्रेष्ठले ढुंगेलकी भान्जी पर्ने पौड्याल थरकी युवतीसँग अन्तरजातीय बिहे गर्नुअघि दुई परिवारबीच सामान्य सम्बन्ध थियो । श्रेष्ठकी दिदी सावित्रीका अनुसार घटनाअघि ढुंगेलले काठमाडौंमा काम नपाउँदा उनीहरूकै आश्रयमा बसेका थिए । र, उज्जनका दाजुले जागिरसमेत लगाइदिएका थिए । 

उज्जन र ढुंगेलकी भान्जीले राजीखुशीमै अन्तरजातीय विवाह गरेका थिए । युवतीका दाजुको योजनामा उज्जनको हत्या गरेको सावित्री बताउँछिन् । 

उज्जनकै घरनजिक जंगलमा ढुंगेलले गोली प्रहार गरी क्रुरतापूर्वक हत्या गरेका थिए । 

अन्तर्राष्ट्रिय अदालत जान्छौं : सावित्री श्रेष्ठ

मृतक उज्जनकी दिदी सावित्री श्रेष्ठले अपराधिलाई उन्मुक्ति दिने सरकारी निणर्य निन्दनीय रहेको बताइन् । 'हाम्रो परिवार नै उजाड बनाउने हत्यारालाई कानुनी कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं,' उनले भनिन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।