शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री र चन्दबीच भेटवार्ता, बन्दी रिहाइबारे छलफल

प्रधानमन्त्री र चन्दबीच भेटवार्ता, बन्दी रिहाइबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

triton college

सरकार र चन्द नेतृत्वको पार्टीबीच तीन बुँदे सम्झौता भएपछि यो दोस्रो भेट हो। सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका विषयमा भेटवार्तामा छलफल भएको नेता उदय चलाउनेले जानकारी दिए।

‘सरकारसँग सहमति भइसकेपछि जेलमा रहेका हाम्रा नेता कार्यकर्ताहरूको रिहाइका बारेमा छलफल भएको हो,’ नेता चलाउनेले भने। 

प्रधानमन्त्रीलाई भेट्न दिउँसो १ बजे चन्द बालुवाटार पुगेका थिए। जिल्ला प्रशासन कार्यालयमा मुद्दा लागेका नेकपाका नेता कार्यकर्ताहरु रिहा भइसकेका छन् भने अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका नेता कार्यकर्ता रिहा हुन बाँकी छ। भेटमा प्रधानमन्त्री ओलीले सरकारले सहमति कार्यान्वयन गर्ने भन्दै बाँकी रहेका पनि छिट्टै रिहा हुने बताएको नेता चलाउनेले जानकारी दिए।

उनका अनुसार १४८ जना जेलमा रहेका नेता कार्यकर्ताहरू रिहा हुन बाँकी छ। 

corrent noodles
Metro Mart

महासचिव चन्दसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि भेटवार्तामा सहभागी थिए। ‘बन्दी रिहाइलगायत पछिल्लो मुलुकको राजनीतिक अवस्थाका बारेमा पनि भेटमा छलफल भएको छ,’ चन्द निकट एक नेताले भने।

फागुन २० मा सरकार र चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो। त्यसको भोलिपल्ट राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यही दिन चन्द सार्वजनिक भएका थिए।

सरकारसँग प्रतिबन्ध फुकुवा, बन्दीहरूको रिहा, मुद्दा फिर्तालगायतको सहमति भएपछि चन्द शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन्।

प्रकाशित: Mar 22, 2021| 11:33 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।