काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएकोमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।
अहिलेसम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजारभन्दा बढी पुगेको छ। हाल १ हजार १७ जना सक्रिय केश रहेको मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा देशभर ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार १९ पुगेको छ।