शुक्रबार, वैशाख १४, २०८१

सेनानी हुँ भन्दै हिँड्ने किशोर पक्राउ

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–४ का १८ वर्षीय रमेश श्रेष्ठ हुन्। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

कास्की– नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–४ का १८ वर्षीय रमेश श्रेष्ठ हुन्। 

triton college

उनी पोखरा महानगरपालिका–१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन्। सोही ठाउँको निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा उनी नेपाली सेनामा कार्यरत नभएको पाइएकोले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको सेनाले जनाएको छ।

प्रहरीले उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र, फ्लाइरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट, मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि बरामद गरेको छ।

उनीउपर लिखतसम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 
 

प्रकाशित: Mar 22, 2021| 07:31 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।