कैलाली- कैलालीमा बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ७४६१ नम्बरको बस आइतबार साँझ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।
तीव्र गतिमा रहेको बस अर्को सवारीलाई ओभरटेक गर्न खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बोहराले बताए।
‘दुर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य जारी रहेको छ’ उनले भने, ‘घटनामा क्षतिको तथ्यांक आइसकेको छैन।’