शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले सरकारको नेतृत्व लिनुको विकल्प छैन : गगन थापा

कांग्रेसले सरकारको नेतृत्व लिनुको विकल्प छैन : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन्।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

सुर्खेत- नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन्।

triton college

‘देशलाई अनिर्णयको बन्दीबाट पार लगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारलाई तोड्न कांग्रेसले सरकारको नेतृत्व लिनुको विकल्प छैन’ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै थापाले भने, ‘देशको अस्तव्यस्थ परिस्थिति सम्हाल्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ।’

जनताले ६४ प्रतिशत मत दिएको नेकपा मरिसकेपछि देशलाई थप संकटमा पर्न नदिन कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको तर्क गरे। ‘जनताले ५ वर्षका लागि नेकपालाई सरकार चलाउने र कांग्रेसलाई प्रतिपक्षमा बस्ने भूमिका दिएका थिए’ उनले भने, ‘तर देशमा नेकपा भन्ने पार्टी नै छैन, नेकपा मरिसकेको अवस्थामा देशलाई सम्हाल्ने जिम्मा कांग्रेसको काँधमा आएको छ, अब कांग्रेसले सरकारको नेतृत्व लिनुको विकल्प छैन।’

अहिलेको परिस्थितिमा देशले जिम्मेवार नेतृत्व खोजीरहेको भन्दै थापाले मुलुकलाई अस्तव्यस्त अवस्थाबाट पार लगाउनका निम्ति कांग्रेसले चुनावी सरकारको नेतृत्व लिन अग्रसरता देखाउनुपर्ने बताए। ‘कोरोनापछि मुलुक अस्तव्यस्त छ। रोजगारी नपाएर लाखौँ युवाहरु भौतारिइरहेका छन् तर प्रधानमन्त्री गैरजिम्मेवार भएर शिलन्यास र उद्घाटनमा रमाएका छन्।’ थापाले भने, ‘देशलाई संकटमा फस्न नदिन, देशलाई सम्हालन कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ।’

उनले प्रधानमन्त्रीले आफ्नो घर चलाएजसरी देशको ढुकुटीलाई सिध्याउने काम मात्रै गरेको आरोपसमेत लगाए।

corrent noodles
Metro Mart

प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा ओलीले संसदलाई देखाइदिन्छु भन्ने अहंकार पालेर बसेको थापाको आरोप छ। ‘मैले भंग गरेको संसद अदालतले ब्युँतायो भनेर ओलीले संसदलाई देखाइदिन्छु, सेखी झारिदिन्छु भन्नेमा लागेका छन्’ उनले भने, ‘संसदलाई विजनेश नदिएर सरकारले संसदलाई पंगु बनाउन लागेको छ।’ 

३७/४० वटा विद्येयकहरु संसदीय समितिमा रहेर पनि सरकारकै कारण संसदलाई कामविहीन बनाएको आरोप उनले लगाए।

प्रधानमन्त्री ओलीको अहंकारका कारण नेकपा मरेको जिकिर थापाको थियो। 

नेकपा विघटनपछि ओलीले जनता समाजवादीले साथ दिएमा अझै दुई वर्ष सरकार चलाउने, अख्तियार, निर्वाचन आयोग, प्रहरी लगायतका संवैधानिक निकायलाई आफू अनुकुल बनाउने अनि मात्रै निर्वाचन गराउने सपना देखेको थापाले आरोप लगाए।

कम्युनिष्टदेखि जनताहरु थाकेको, निराश र दुःखी भएको तर्क गर्दै नेता थापाले आगामी निर्वाचमा बहुमत ल्याउने गरी कांग्रेसका कार्यकर्ताहरु जनताका दुःखसुखमा खट्न आग्रह गरे।

प्रकाशित: Mar 20, 2021| 14:01 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।